वीर अस्पताले आफै अक्सिजन उत्पादन गर्ने

गोरखापत्र समाचारदाता-
काठमाडौं, वैशाख ५ गते । अस्पताललाई अत्यावश्यक अक्सिजन बाहिरबाटै खरिद गर्दै आएको वीर अस्पताले आफै अक्सिजन उत्पादन गर्ने भएको छ । बाहिरबाट अक्सिजन खरिद गर्दा विभिन्न कठिनाइ हुने भन्दै नेपालकै सबभन्दा पुरानो र ठुलो अस्पताल वीरले अस्पताललाई आवश्यकताभन्दा बढी अक्सिजन उत्पादन गरेर अन्य अस्पतालमा समेत विक्री गर्न सकिने जानकारी दिएको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति डा. गणेश गुरुङले अस्पताल आफैले अक्सिजन उत्पादन गरेपछि बिरामीलाई ठुलो राहत हुने जानकारी दिनु भयो । हाल वीर अस्पताललाई दैनिक एक सयदेखि १२० सिलिन्डरसम्म अक्सिजन आवश्यक पर्दछ ।
डा. गुरुङले अस्पतालले अक्सिजन उत्पादन गर्न थालेपछि अक्सिजन अभावको समस्या खेप्नु नपर्ने जानकारी दिनुभयो । अस्पताल आफैले अक्सिजन उत्पादन गर्न थालेपछि कुनै पनि समय अक्सिजनको अभाव हुँदैन, उपकुलपति डा. गुरुङले भन्नुभयो, “एकसाता भित्रमा अस्पतालले अक्सिजन उत्पादन गर्न सुरु गरि सक्छ ।”

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds