फिलिपिन्समा २४ जनाको मृत्यु

मनिला, ५ वैशाख । उत्तरी फिलिपिन्समा मङ्गलबार भएको बस दुर्घटनामा परी कम्तीमा २४ जनाको मृत्यु भएको छ भने अरु केही घाइते भएका छन् ।

घटनास्थलमा पुगेको प्रहरीले बसमा ५० भन्दा बढी यात्रु रहेको जनाएको छ । बस स्थानीय समयानुसार मङ्गलबार विहान ११ बजे दुर्घटनामा परेको हो ।

इलोकोस सुर प्रान्ततर्फ गइरहेको बस नुइभा इक्जीअ प्रान्तको कापिन्तालानमा दुर्घटना भएको प्रहरीले जनाएको छ । बस सडकबाट झन्डै ९० फिट तल खसेको छ ।

अत्याधिक गति सो बस गइरहेकाले कारण बस दुर्घटना भएको प्रारम्भीक अनुसन्धानबाट देखिएको प्रहरी अधिकारीहरुको भनाइ रहेको छ ।

दुर्घटनामा परेका मध्ये केही यात्रुलाई दुर्घटनास्थलबाट उद्धार गरिएको छ । दुर्घटनास्थलबाट नजिक पर्ने अस्पतालमा लगिएपछि उपचारकै क्रममा केही मृत्यु भएको घोषणा गरिएको थियो ।

दुर्घटनास्थल यसअघि पनि पटकपटक दुर्घटना हुनेगरेको ठाउँ हो । सो ठाउँमा गत वर्ष भएको दुर्घटनामा पाँच जनाको मृत्यु भएको थियो । रासस/सिन्ह्वा

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds