पत्तालेमा मार्सल सेल्फ डिफेन्सको अन्तर्राष्ट्रिय सम्मेलन

सोलुखुम्बु, वैशाख २ गते । सोलुदूधकुण्ड नगरपालिकास्थित पत्तालेमा ‘मार्सल सेल्फ डिफेन्स’ सङ्घको अन्तर्राष्ट्रिय सम्मेलन शुक्रबार सम्पन्न भएको छ । नेपाल मार्सल सेल्फ डिफेन्स सङ्घको आयोजनामा सङ्घको मुख्य कार्यालय पोर्चुगलका प्रमुख एवम् ग्रान्ड मास्टर सोके मिग्युलको प्रमुख आतिथ्यमा भएको सो सम्मेलनमा पोर्चुगलका १७, भारतका तीन र नेपालका समेत गरी १०० भन्दा बढीको सहभागिता रहेको नेपाल मार्सल सेल्फ डिफेन्स सङ्घ सोलुखुम्बुका संयोजक नुतन श्रेष्ठले जानकारी दिनुभयो ।

संयोजक श्रेष्ठका अनुसार विश्वव्यापी रुपमा मार्सल सेल्फ डिफेन्स तालिम सञ्चालन गरी हरेक व्यक्तिलाई आत्मरक्षाको सीप लिन उत्साहित गर्ने उद्देश्यसहित सम्मेलन आयोजना गरिएको हो ।

सोलुखुम्बुलाई खेलकुदका क्षेत्रबाट अन्तर्राष्ट्रियस्तरमा चिनाउन अन्तर्राष्ट्रिय सम्मेलन पत्तालेमा आयोजना गरिएको र सम्मेलनले खेलसँगै नेपाली पर्यटनमा सकारात्मक सहयोग पु¥याउने जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुका अध्यक्ष बिबी नेपालीले विश्वास व्यक्त गर्नुभयो ।

सम्मेलनका क्रममा करातेसम्बन्धी विभिन्न सीप प्रदर्शन गर्नाका साथै सहभागीलाई तालिमसमेत दिइएको छ पत्ताले डाँडासगरमाथालगायत अन्य उच्च हिमशृङ्खलाको दृष्यावलोकनका साथै हिमाली रहनसहन र संस्कृतिका दृष्टिबाट महत्वपूर्ण पर्यटकीय क्षेत्र मानिन्छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds