एड्स रोग नियन्त्रणमा सामूहिक प्रयास जरुरी


काठमाडौं, मङ्सिर १५ गते । “एचआईभीको नयाँ संक्रमण , भेदभाव र एड्सबाट हुने मृत्युलाई शुन्यमा पु¥याऔं” भन्ने नाराकासाथ सोमबार २७ औं विश्व एड्स दिवस मनाइएको छ ।
    राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्दले २७ औं विश्व एड्स दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा स्वास्थ्यमन्त्री खगराज अधिकारीले एड्सलाई शुन्यमा पु¥याउन सकिने बताउनुभयो । सबैको प्रयास भए एड्सलाई शुन्यमा पु¥याउन गाहे छैन अधिकारीले भन्नुभयो,“त्यसका लागि सबै क्षेत्रबाट सामूहिक प्रयास जरुरी छ ।”
  उहाँले एचआईभी÷एड्सको कुनै पनि कार्यक्रम नरोकिने जानकारी दिदै संक्रमतिहरुलाई भ्रममा नपर्न आग्रह गर्नुभयो ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. सेनेन्द्रराज उप्रेतिले एड्स विश्वसामु चुनौतिको रुपमा देखा परेको भन्दै नेपालमा पनि यो चुनौतिको रुपमा देखिएको बताउनुभयो ।
   एड्स रोक्न विश्व नै एकजुट हुनुपर्ने भन्दै उहाँले नेपाललाई यो रोगले चिन्तित बनाएको बताउनुभयो ।
  राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्दका निर्देशक डा. दिपेन्द्ररमण सिंहले सुईद्धारा लागुपदार्थ प्रयोगकर्ता, महिला यौनकर्मी, समलिङ्गी पुरुष, दिनहुँ असावधानीपूर्वक यौन सम्पर्क गर्ने पुरुषहरुमा एचआईभी ÷एड्सको संक्रमणदर उच्च रहेको बताउनुभयो ।
उहाँले नेपालमा खुला सिमाना, रोजगारीको बाध्यता , खाडी मुलुकमा जाने कामदारहरु एड्सको उच्च जोखिममा रहेको जानकारी दिनुभयो ।  डा. सिंहले नेपालमा महिला यौनकर्मी दुई प्रतिशत,पुरुष समलिङ्गि ३.८ प्रतिशत रहेको भन्दै उच्च जोखिममा रहेका व्यक्तिको संक्रमणदर घटाउन लाग्नुपर्ने बताउनुभयो ।
   पछिल्लो तथ्याङ्क अनुसार नेपालमा रक्त परिक्षणबाट २५ हजार २२२ जना व्यक्ति एचआईभी संक्रमित रहेको पाइएको छ ।  
कार्यक्रममा स्वास्थ्य मन्त्री अधिकारीले एचआइभी परिक्षण तथा परामर्श लिनुभएको थियो ।
कार्यक्रममा नेशनल एड्स एलाएन्सका निर्देशक ऋषि ओझा, एचआईभी संक्रमित राष्ट्रिय महिला महासंघकी अध्यक्ष मथुरा कुँबर, संक्रमित राष्ट्रिय एचआईभी एड्स महासंघकी अध्यक्ष मिरा कुँबर लगायतले राज्यले एड्स प्रभावितहरुको जीवनस्तरको लागि पहल गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
 कार्यक्रममा एड्स सम्बन्धी विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुकासाथै एचआईभी सम्बन्धी चेतनामुलक सामग्री र निशुल्क कण्डम पनि वितरण गरिएको थियो ।
यसैबीच २७ औं विश्व एड्स दिवसको अवसरमा तिमी हामी अनि हाम्रो नेपाल नामक संस्थाले लागु पदार्थ दुव्र्यसनी तथा एड्स सम्बन्धी चेतनामुलक सडक नाटकको  आयोजना गरेको छ । नैकापको विष्णुदेवी मन्दिरमा आयोजना गरेको सो कार्यक्रममा बालबालिका, युवा तथा स्थानीयबासिन्दाको सहभागिता रहेको थियो ।


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना