दुई जनाद्वारा आत्महत्या

बनेपा,२५ फागुन । काभ्रेपलाञ्चोक जिल्लामा आज दुई जनाले आत्महत्या गरेका छन् ।

जिल्लाको खहरेपाँगे गाविस–१ बस्ने १५ वर्षीया सन्तोषी तामाङ र कुसाादेवी गाविस–८ बस्ने ४७ वर्षीय रामकृष्ण हुमागाईंले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।

आजै च्याम्राङ्बेंसी गाविस–७ की सत्चालिस वर्षीया सीतामाया स्याङ्तानले विषय सेवन गरी आत्हहत्याको प्रयास गरेपछि गम्भीर अवस्था भएकाले बनेपास्थित शिरममोरियल अस्पतालमा उपचार भइरहेको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना