श्रीगोपाल सिरपा (पुरस्कार) हनुमाननाचलाई

भक्तपुर, २७ चैत । थिमि कला परिषद्ले प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको श्रीगोपाल कला सिरपा (पुरस्कार) यस वर्ष बाग्लुङ जिल्लाको परम्परागत हनुमान नाचलाई प्रदान गरेको छ ।

थिमि कला परिषद्ले यहाँ आज आयोजना गरेको कार्यक्रममा लामो समयदेखि परम्परागत हनुमान नाच संरक्षणमा योगदान पु¥याएबापत २५ हजार एक रुपैयाँ नगद, ताम्रपत्र र चाँदीको पदकसहित प्रदान गरेको हो ।

कार्यक्रममा सिरपा प्रदान गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आगामी वैशाख ३१ गते निर्वाचन गर्न नदिने षडयन्त्रका साथ मधेसी मोर्चाले विभिन्न माग राखेको बताउनुभयो ।

मोर्चाले जनसङ्ख्याका आधारमा स्थानीय तह निर्धारण गर्नुपर्ने र निर्वाचनअघि नै तराईमा मतदाता सङ्ख्या थप गर्नुपर्ने माग षडयन्त्रपूर्वक विदेशीको इशारामा आएको बताउनुभयो । मोर्चाले भनेका जति सबै माग पूरा गरे देशका लागि घातक सिद्ध हुने उहाँले आँैल्याउनुभयो ।

प्रतिष्ठानका अध्यक्ष श्यामकृष्ण मानन्धरको सभापतित्वमा सम्पन्न कार्यक्रममा परिषद्का सचिव ज्ञानराम श्रेष्ठ, सिरपाका दाता गणेशराम प्रजापति, कला विज्ञ अरुणा नकर्मी लगायतले कला र संस्कृतिको जगेर्नाका लागि लाग्ने व्यक्ति वा संस्थालाई राज्यले नै कदर गर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

परिषद्ले गत वर्ष पनौतीको देवी नाच, त्यसअघि बोडेको नीलबाराही नाच, वाद्यगुरु न्हुच्छेमान डङ्गोल, समाजसेवी श्यामकृष्ण मानन्धरलगायतलाई आठौँ पटकसम्म सिरपा प्रदान गरेको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds