जेठ १५ मा संविधान - नेपाल

गोविन्द शर्मा

Madhav_Kumar Nepalबाँके, फागुन २५ गते । नेकपा एमालेका नेता माधवकुमार नेपालले अधिकतम सहमतिका आधारमा आगामी जेठ १५ गते संविधान जारी गर्नेगरी दलहरुका बीच अनौपचारिक र औपचारिक वार्ता केन्द्रीत भएको बताउनुभएको छ ।
जेठ १५ मा संविधान जारी हुनेगरी देशबासीलाई पनि आश्वस्त पार्नुपर्छ, प्रेस चौतारी बाँकेले सोमबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता नेपालले भन्नुभयो,–सहमतीका आधारमा संविधान जारी गर्नका लागि सबै पक्ष लचिलो हुन भने आवश्यक छ ।
जेठ १५ मा संविधान जारी गर्न सम्भव भएको नेता नेपालको भनाई छ । सकेतसम्म अधिकतम सहमतीका आधारमा संविधान जारी गर्ने पक्षमा एमाले रहेको उहाँले
बताउनुभयो ।
दलहरुका बीच रोकिएको वार्ता प्रक्रिया सुरु हुनु सकारात्मक भएको बताउदै पुर्ब प्रधानमन्त्री समेत रहनुभएका नेता नेपालले एक अर्काका धारणा र चाहना बुझ्नका लागि अनौपचारिक वार्तामा बढि केन्द्रीत हुनुपर्नेमा जोड दिनुभयो । प्रमुख राजनीतिक दलहरुकाबीच माघ ५ मा करिब सहमती भइसकेको अवस्थामा बुझाईमा समस्या हुँदा संविधान जारी हुन नसकेको बताउदै उहाँले अहिले एमाओवादी अध्यक्ष प्रचण्ड सहमतीमा संविधान जारी गर्नका लागि गम्भिर पाएको जानकारी दिनुभयो । तर सहमती कहिले सम्म गर्ने भन्नेमा निश्चित हुनुपर्ने उहाँको धारणा छ ।
विपक्षीमोर्चामा रहेका अरु पार्टीलाई मिलाउने जिम्मा पनि प्रचण्डको भएको उहाँको भनाई छ । विदेशी राष्ट्रहरुतर्फ संकेत गर्दै पुर्ब प्रधानमन्त्री नेपालले भन्नुभयो,–नेपालको बारेमा हामीले टुङ्गो लगाउने हो, सबैको सद्भाव छ, तर धेरै सुझाव र सल्लाह चाहिदैन् ।
संविधान निर्माणका सन्दर्भमा सबै विषयमा छलफल गर्न तयार रहेको बताउदै उहाँले राष्ट्रिय अखण्डतामा आँच नआउस र जातीय सद्भाव कायम रहोस भन्ने पक्षमा एमाले रहेको स्पष्ट पर्नुभयो
जातीय आधारमा राज्य पुनसंरचना कुनैपनि हालतमा मान्य नभएको उहाँले बताउनुभयो । पुर्ब प्रधानमन्त्री नेपालले अहिले सबैको अर्जुनुदृष्टि संविधान जारी गर्नु रहेको भन्दै सत्ता परिवर्तनको विकल्प समेत नसोचेको दावी गर्नुभयो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना