प्लिज फोन नगर्नुस् न


उपेश महर्जन
काठमाडांै, फागुन २४ गते । ‘‘प्लिज सर, समाचारको लागि हामीलाई फोन नगर्नुस न, हामी टावरका कर्मचारीहरुलाई भ्याई नभ्याई छ ।’’ चार दिनदेखि बन्द त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शनिवार रातिबाट सञ्चालनमा आएपछि समाचारको लागि फोन गर्दा विमानस्थलको टावरमा कार्यरत कर्मचारीबाट आएको उत्तर हो यो ।
बुधवार बिहान इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको टिके ७२६ विमान धावनमार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त भएपछि नेपालका सबै अन्तर्राष्ट्रिय उडान अवरुद्ध भएपछि शनिबार रातिबाट सञ्चालनमा आएको थियो ।
चारदिनसम्म सबै उडान अवरुद्ध भएपछि करिब पचासहजार यात्रु अलपत्र परेपछि बुधबार चारदिनसम्म चौबीसै घण्टा विमानस्थल सञ्चालनमा ल्याएपछि नेपालको वायु टाफ्रिकजाममा परेपछि टावरमा कार्यरत कर्मचारीहरुलाई फोन ‘रिसिभ’ गर्ने फूर्सद पनि छैन ।
आइतबार काठमाडांैको मौसम २० डिग्रीको सामान्य तापक्रम र भिजिविलिटी पाँच माइलको रहेकोमा विभिन्न देशबाट आउने विमान र काठमाडांैबाट उड्ने विमान ब्यवस्थापन गर्न कर्मचारीहरु भ्याई नभ्याई रहे ।
त्रिभुवन विमानस्थलमा आठदेखि नौवटासम्म विमानहरु पार्किङ गर्ने क्षमता रहेकोमा धेरै विमानहरुलाई अवतरण गर्न नसक्ने भएकाले आएका विमानहरु आकासमै राख्नु परेकाले नेपाली आकाश ट्राफिकजाम परेको पाइलट सुभाष थापाले बताउनुभयो ।
उहाँका अनुसार, २४ घण्टासम्म विमानस्थललाई प्रयोग गर्दै आउने र जाने विमानहरुको ब्यवस्थापन गरे बुधबारदेखि जाम हट्ने जानकारी दिनुभयो ।
दैनिक रुपमा एयर एसिया, थाई एयरवेज र कतार एयरका विमानहरु काठमाडांैमा आउने जाने भएकोमा चारदिनसम्म विमानस्थल अवरोध भएकाले यस्तो परिस्थिति बनेको उहाँको भनाइरहेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ प्राविधिकका अनुसार, सामान्यतयाः काठमाडांैमा १८ वटा उड्ने र १८ वटा अवतरण हुने भएकाले अहिलेको चापलाई धान्नको लागि दैनिक ३५ वटा उड्ने र अवतरण गरे चाँडै नेपाली आकाशको ट्राफिकजाम हट्नेछ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना