शिक्षकले कुट्दा विद्यार्थीको हातको पातो खुस्कियो

मेलम्ची, फागुन २४ गते । सिन्धुपाल्चोक जिल्लाको चौतारा नगरपालिका वडा नं ३ स्थित जुगल बोर्डिङ हाइस्कुलको कक्षा २ मा पढ्ने बालकलाई गत बुधबार शिक्षकले बाँसको भाटाले कुट्दा ११ वर्षीय बालक विनय कटुवालको हातको पाता खुस्किएको छ । कक्षा सञ्चालन भइरहेका बेला चकचक गरेको भन्दै शिक्षकले पिट्दा कटुवालको हातको पातो खुस्किएको हो । साथीहरुसँग खेलिरहेका बेला बोर्डिङका शिक्षक युवराज कार्कीले कटुवाललाई भाटैभाटाले हानेर बायाँ हातको पातो खुस्काइदिएको आफन्तको भनाइ रहेको छ ।

तेस्रो घन्टीको पढाइ हुने बेला किन चलेको भनेर आफूलाई कुटपिट गरी घाइते बनाएको पीडित बालक विनयले बताए । घाइते बालकलाई उपचारार्थ काठमाडौँको वीर अस्पतालमा भर्ना गरिएको विद्यालयका प्रिन्सिपल ओम उप्रेतीले जानकारी दिनुभयो ।

विद्यार्थी कुट्ने शिक्षकलाई विद्यालय प्रशासनले निष्कासन गरेको उप्रेतीले बताउनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना