‘नेपाली साहित्यिक पत्रकारिताको इतिहास’आउने

काठमाडौँ, फागुन २४ गते । मदन पुरस्कार पुस्तकालयले आगामी वैशाखमा ‘नेपाली साहित्यिक पत्रकारिताको इतिहास’ नामक अनुसन्धानात्मक कृति प्रकाशन गर्ने भएको छ । 

करिब पाँच वर्षअघिदेखि ‘नौलो नेपाली’साहित्यिक पत्रिकाका सम्पादक प्रा डा खेम कोइराला बन्धुले त्यससम्बन्धमा खोजी एवं अनुसन्धान गर्दै आउनुभएको छ । नेपालको पत्रकारिताको इतिहास साहित्यिक पत्रिका ‘सुधासागर’९विसं १९५८०देखि सुरु भएको मानिन्छ ।

नेपाली क्रान्ति, चेतना विद्रोह, जागरण, राष्ट्रियता, स्वाभिमान आदि क्षेत्रमा साहित्यिक पत्रिकाले निकै ठूलो योगदान दिए पनि यसको स्थिति निकै दयनीय र पछाडि परेका कारणले आफूले यो अनुसन्धान थालेको बताउँदै प्रा डा कोइरालाले यससम्बन्धी थप सूचना उपलब्ध गराइदिनुहुन साहित्यिक क्षेत्रलाई आग्रह गर्नुभएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना