गृहिणीले पनि तबल पाउनुपर्छ

 

sujata koirala 2

नेपाल संविधान निर्माणको निर्णायक मोडमा छ, सबैले आफ्ना अधिकारका लागि पहल गरिरहेको अवस्था छ । देशको कुल जनसंख्यामा पुरुषभन्दा महिलाको संख्या अधिक छ, यी महिलाका लागि संविधानमा के कस्तो व्यवस्था हुँदैछ त ? अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहँदा नेपाली कांग्रेस विदेश विभाग प्रमुख एवं पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालासँग गोरखापत्रका सहसम्पादक नारद गौतमले गर्नुभएको कुराकानी


० नेपाली महिलाहरुको अवस्था कस्तो पाउनुभएको छ ?

महिलाहरुमा धेरै परिवर्तन आएको छ तर महिलालाई हेर्ने दृष्टिकोणमा जसरी परिवर्तन हुनुपर्ने हो त्यसरी आउन सकेको छैन, त्यसमा परिवर्तन ल्याउनुपर्छ । सबै कुरा कुरा शिक्षाको अभाव, परम्परावादी सोच, रुढीवादी चिन्तनले गर्दा कानुनमा जति परिवर्तन गरे पनि महिलालाई त्यति सहज अवस्था छैन । नेपालका अधिकांश महिलाको जीवन दुःखदायी नै छ । महिला मात्रै होइन पुरुषमा पनि शिक्षाको कमीका कारण महिलालाई हेर्ने दृष्टिकोण नकारात्मक छ ।


 यस्ता समस्या हटाउन संविधान निर्माण गर्दा पनि ध्यान दिनुपर्छ कि ?

संविधानमा निर्माण गर्दा महिला पुरुषका लागि समान अधिकारका लागि आवाज उठाइरहेका छौं । महिला र पुरुषमा भेदभाव गर्नुहुन्न । यसअघिका संविधानमा पनि महिलाले धेरै अधिकार प्राप्त गरेका छन् । यो संविधानलाई पनि महिलाका हक अधिकारलाई सुनिश्चित गर्न दत्तचित्त भएर लागेका छौं ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना