छुट्टा छुट्टै दुर्घटनामा दुईजनाको मृत्यू

 



नवलपरासी फागुन २३ गते । नवलपरासीमा गए राती भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार गए राति पुर्ब पश्चिम लोकमार्गको सुनवलमा लु १ ख ६६६० नम्बरको बसले ठक्कर दिदा एक पैदलयात्रिको घटनास्थलमा नै ज्यान गएको र सो घटनामा ज्यान गएका मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । उनको उपचारका लागी भैरहवा तर्फ लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको हो ।
त्यस्तै गए राती जिल्लाकै प्रसौनी गाबिस ३ मा भएको अर्को दुर्घटनामा एक जनाको ज्यान गएको छ । पुर्ब पश्चिम लोकमार्गको चोरमारा र अरुणखोला बीच जंगलमा लु १ ख ७९५५ नम्बरको बसले लु ७ प २१०६ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा घाईते भएका धुर्कोट ६ का ३८ बर्षीय सुन्दर कार्काीको घटनास्थलमा ज्यान गएको ईलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ । प्रहरीले दुबै ठककर दिने सवारी साधन र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना