जर्मन संस्थाले बनाएको आवास हस्तान्तरण


त्रिशूली, चैत ८ गते । जर्मन संस्था क्यारी सिमु इवीको सहयोगमा नुवाकोटको चारघरेमा निर्माण गरिएको भूकम्प प्रतिरोधी आवास सञ्चालनमा ल्याइएको छ ।

हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले सीता मिजारलाई घरको साँचो हस्तान्तरण गर्दै संस्थाले बनाएका ३० वटा घरको हस्तान्तरण गर्नुभएको हो ।

जर्मनीमा बसोबास गर्दै आएका नेपालीले स्थापना गरेको संस्थाको सहयोगमा विदुर नगरपालिका–१२ साविकको चारघरे–३ मा रहेका विपन्न तथा पिछडिएका बासिन्दाका लागि निर्माण गरिएको भवन हस्तान्तरण गर्दै भूकम्पले पु¥याउने क्षतिको प्रतिकारस्वरुप भूकम्पप्रतिरोधी आवास निर्र्माण गरेर सुरक्षित रहनुपर्ने हास्य कलाकार श्रेष्ठले सुझाव दिनुभयो ।

भवन हस्तान्तरण कार्यक्रममा हास्य कलाकार हरिवंश आचार्यले स्थानीय स्रोत र साधनको प्रयोग गरी कम लगानीमा निर्माण भएको भवनलाई अन्य स्थानमा समेत अनुसरण गर्न सिकाउनुपर्ने बताउनुभयो ।

बोरामा माटो भरेर त्यसकै गाह्रो बनाएर निर्माण गरिएको भवनमा बाहिरबाट सामान्य रुपमा सिमेन्टको ढलान गरी एक घर बनाउँदा रु तीनलाख खर्च भएको संस्थाका संयोजक डा रोशी सोइटरले बताउनुभयो ।

क्यारी सिमु इवी संस्थाले चारघरेमा १५० घर बनाउन अनुमति लिएकाले बाँकी घर निर्माणको प्रक्रियामा रहेका छन् । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds