लोकतन्त्रका महान् योद्धा गिरिजाप्रसाद कोइराला

Rajeshor nepali राजेश्वर नेपाली


 

नेपालको लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष महान् क्रान्तिकारी गिरिजाप्रसाद कोइरालाको पार्थिव शरीर नरहे पनि उहांँले लोकतन्त्रका लागि गर्नुभएको योगदानका लागि उहांँ नेपाली इतिहासमा सदैव महìवपूर्ण राजनेताका रूपमा स्मरणीय रहिरहनु हुनेछ ।  उहाँको छैठौँ पुण्यतिथिको अवसरमा हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछौँ ।  २००३ साल फागुन २० गते (४ मार्च १९४७ ई.) को दिन विराटनगर जुट मिलका मजदुरका सुविधाको माग गर्दै मिल प्रशासनलाई दिइएको ज्ञापनपत्र साथ राजनीतिमा सक्रिय हुनु भएका मजदुर नेता गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा नेपालको इतिहासमा प्रथम पटक मजदुर आन्दोलन भएको थियो ।  एक सातापछि नेपाली राष्ट्रिय काँग्रेसको कार्यबाहक सभापति बीपी कोइराला विराटनगर पुगेर आन्दोलनलाई चर्काएपछि चैत्र ११ (२५ मार्च) को दिनमा बीपी कोइराला, गिरिजाप्रसाद कोइराला, तारिणीप्रसाद कोइराला, मनमोहन अधिकारी, युवराज अधिकारी, गेहेन्द्रहरि शर्मा आदि पक्राउ परी पैदल काठमाडौँ ल्याइएको थियो ।  त्यसबेला उहाँ दुई वर्ष जेलमा बस्नु भएका थियो ।   
२००७ सालको जनक्रान्तिको बेला नेपाली काँग्रेस मोरङको सभापति रहेर मुक्ति सेनाको लागि हथियार सङ्कलन गरी क्रान्तिको सञ्चालन गर्नु भएको थियो ।  नेपाल टे«ड यूनियन कांँग्रेसको संस्थापक सभापति उहांँ नेपालको राजनीतिको प्रारम्भका दिनमा मजदुर नेताको रूपमा नै  सुपरिचित हुनुहुन्थ्यो ।  २०१७ साल वैशाखमा भएको नेपाली काँग्रेस महाधिवेशनपछि गठित केन्द्रीय समितिको सदस्य हुनु भएका उहाँ पुस १ मा लोकतन्त्रको हत्यापछि जेल पर्नु भएका थियो र साढे छ वर्ष लगातार नक्खु जेलमा रहनु भयो ।   २०२४ सालमा काठमाडौँमा जेल मुक्त भएपछि नेता गिरिजाप्रसाद विराटनगर पुग्नु अगाडि चैत ७ गते हवाईजहाजबाट जनकपुरधाम पुग्नु भयो र तीन महिना पूर्व निधन हुनु भएका महोत्तरीका लोकप्रिय नेता लौहपुरुष रामनारायण मिश्रको गङ्गासागरको पूर्वी डिलमा रहेको दाह संस्कार स्थल (अनिर्मित स्मारक) मा पुष्पाञ्जली अर्पण गर्नु भएर दोस्रो दिन ८ गते जनकपुर रेलबाट जयनगर हुंँदै जोगवनी भएर जानु भएका थिए ।  त्यस बेला जनकपुरधाममा पत्रकारका रूपमा म मात्र थिए र उहांँलाई भेटेको थिए र उहाँले पुष्पाञ्जलि अर्पित गर्नु भएका समाचार उस बेला पटनाको नेपाल सन्देशमा प्रकाशित भएको थियो ।
२०२५ सालमा बीपी र गणेशमान सिंह जेल मुक्त भएपछि भारतमा निर्वासित हुंँदा उहांँ पनि साथ हुनुभयो र सशस्त्र आन्दोलनलाई कमाण्डर भएर बढाउनु भयो ।  २०३० सालको विमान अपहरण काण्डको उहांँकै नेतृत्व गर्नु भएको थियो ।  २०३३ सालमा बीपी र गणेशमानजी राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्कदा उहाँ भारतमै निर्वासित रहनुभयो र २०३७ सालको राष्ट्रिय जनमत सङ्ग्रह मतदान पूर्व राजनीतिक कारणले निर्वासित रहेका सबैले माफी पाएपछि उहाँ स्वदेश फर्कनु भएका थिए ।  बीपी स्वदेश फर्कदा उहाँको गिरफ्तारी निश्चित रहेकोले उहाँले गिरिजाप्रसाद कोइराला र परशुनारायण चौधरीलाई पार्टीको महामन्त्री घोषित गर्नु भयो ।  २०३९ साउन ६ मा बीपी को निधनपछि कृष्णप्रसाद भट्टराई कार्यबाहक सभापति हुनुभयो र गणेशमान सिंह सर्वमान्य नेता तथा गिरिजाप्रसादको काँंधमा थप जिम्मेवारी आयो र देश भ्रमण क्रममा सूरजपुरामा उहांँको हत्याको दुष्प्रयास भएको थियो ।  २०४२ सालको सत्याग्रहमा उहाँलाई गिरफ्तार गरी काठमाडौँ जिल्ला प्रहरी कार्यालयमा हिरासतमा राखियो ।
२०४६ सालमा गणेशमान सिंहको नेतृत्वमा भएको जनआन्दोलनले तीस वर्षको तानाशाहीको अन्त्य भएर पुनस्र्थापित बहुदलीय व्यवस्थामा भएको २०४८ सालको आम निर्वाचनमा उहांँ मोरङ १ र सुनसरी ३ गरी दुई निर्वाचन क्षेत्रबाट विजयी हुनु भयो भने अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई काठमाडौँ १ बाट पराजित हुनु भएपछि उहाँ नेपाली काँग्रेस संसदीय दलको सर्वसम्मत नेता हुनु भएका थियो ।  २०१६ सालको प्रथम जननिर्वाचित बीपी कोइरालाको सरकार पछि २०४८ साल जेष्ठ १५ मा नेपाली काँग्रेसको जननिर्वाचित सरकारको उहांँ प्रधानमन्त्री हुनु भयो ।  पार्टी भित्रको कोइराला र कृष्णप्रसाद भट्टराईको समूहबीच बढ्दै गएको अविश्वासले एकै पटक ६ जना मन्त्रीलाई उहाँले हटाउनु भएको थियो र त्यसले दुवै समूह बीचको खाडल अझ बढेर ७४ र ३६ को विभाजनमा पुगेर बहुमतको सरकार सदनमा पराजित हुन पुगेको थियो ।  परिणामतः मध्यावधि निर्वाचन २०५१ सालमा भयो र काँग्रेस दोस्रो स्थानमा पुगेपछि नेकपा एमालेको अल्पमतको सरकार मनमोहन अधिकारीको नेतृत्वमा बनेको थियो ।  २०५३ सालमा नेपाली काँग्रेसको सभापति निर्वाचित भएपछि उहाँले २०५५ सालमा संयुक्त सरकारको नेतृत्व गर्नुभयो र नेपाली काँग्रेसलाई २०५६ सालको निर्वाचनमा पुनः बहुमतमा ल्याएर कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाउनुभयो तर कोइराला र भट्टराई समूह बीचको दूरी समाप्त हुन न सकेर देश अगाडि बढन पाइराखेको थिएन र अन्ततः २०५६ चैत्र ८ गतेमा भट्टराईको राजीनामा पछि उहाँ फेरि प्रधानमन्त्री हुनुभयो ।  आपसी घातप्रतिघात जारी नै रह्यो ।  त्यसैबीच २०५८ ज्येष्ठ १९ गतेको दरबार हत्या काण्डमा राजा वीरेन्द्र सपरिवार मारिएपछि पनि हत्यारालाई सार्वजनिक गर्न नसकिएपछि उहाँले पार्टी भित्रको दबाबमा राजीनामा गर्नु परेको थियो र उहाँले पार्टीलाई सुदृढ गर्नेतिर लाग्नुभयो ।  दरबार हत्याकाण्ड पछि सत्तासीन हुन पुगेका ज्ञानेन्द्रले प्रधानमन्त्री कोइरालालाई सुनको असर्फी चढाउँदा हाँसेको दृश्य महाभारतमा द्रोपदीले दुर्योधनलाई भनेजस्तै हुन पुगेको थियो र त्यसैबेलादेखि राजतन्त्रको समाप्तिका कुरा उहाँको मनमा खेल्न थालेको थियो ।
२०५९ सालको आरम्भमा प्रतिनिधिसभाको बैठक आरम्भ हुने अघिल्लो दिन प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा प्रतिनिधि सभा विघटन पछि नेपाली काँग्रेसमा फेरि विभाजन आएको थियो ।  परिणामतः २०५९ असोज १८ मा राजा ज्ञानेन्द्रले हुँदै नभएको अधिकार प्रयोग गरी जननिर्वाचित प्रधानमन्त्री देउवालाई बर्खास्त गर्नुको साथै २०१७ पुस १ दोहराउँदै आफ्ना हातमा शासन लिएका थिए ।  
राजाको प्रतिगमन विरोधी आन्दोलनको नेतृत्व गर्दै सात पार्टीको सर्वमान्य नेता हुनपुग्नु भएका उहाँले २०६० साल कात्तिक २६ गते (क्रान्ति दिवसको ऐतिहासिक दिनमा) शहीदभूमि जनकपुरधामको तिरहुतिया गाछी मैदानको आमसभामा अबको सङ्घर्ष तानाशाह राजा र लोकतन्त्रको बीचमा रहेको उद्घोष गर्नु भएका थियो ।  २०६२।०६३सालको जनआन्दोलनको नेतृत्व गर्दै २०६३ वैशाख ११ गते प्रतिनिधिसभाको पुनस्र्थापनापछि त्यसको पहिलो वैशाख १५ गतेको बैठकले गिरिजाप्रसाद कोइरालालाई सर्वसम्मत नेता चुनियो र उहाँ चार वर्षपछि पुनः प्रधानमन्त्री हुनुभयो ।  ज्येष्ठ ४ मा प्रतिनिधि सभाको घोषणा पत्रद्वारा राजालाई निलम्बन गरेपछि उहाँ राष्ट्र प्रमुख हुनुभयो ।  उहाँले संविधानसभाको निर्वाचन गराएर नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषित गराउनु भयो र नेपालमा प्रथम राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गराएर देशलाई पूर्ण गणतन्त्र बनाएर सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान लेखन तथा माओवादीसित तीन वर्ष पूर्व २०६३ मङ्सिर ५ मा गर्नु भएको शान्ति सम्झौता कार्यान्वयन गरेर माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर सत्तासम्म पु¥याएपछि उहाँ नेपालका सर्वमान्य नेता हुनु भएको थियो ।  राष्ट्र प्रमुखकै रूपमा उहांँले २०६५ वैशाख २१ गते नेपाल पत्रकार महासङ्घको महाधिवेशनको अवसरमा प्रेस स्वतन्त्रता सेनानी सम्मानबाट मलाई सम्मानित गर्नुभएका थिए र उहाँले गर्नु भएका भला कुसारी उस बेला चर्चित बनेको थियो ।  त्यसैले ७ वर्ष पूर्व उहाँको दुःखद् निधनमा जीवनमा उनको विरोधीको रूपमा देखिनु भएको थियो ।  पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले कोइरालाको निधनले देशका लागि अपुरणीय क्षति बताउनु भएको थियो ।  त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उहाँको निधनमा दुःख प्रकट गर्दै उहांँले गर्नु भएको सम्झौता अनुरूप शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउनु नै उहांँप्रतिको सच्चा श्रद्धाञ्जलि भन्नु भएको थियो ।  १९८० साल असार २१ मा जन्मनु भएका उहांँको ८७ वर्षको उमेरमा २०६६ चैत्र ७ गते निधन भइसकेकोले हामी उहाँको स्वर्गीय आत्मालाई जानकी माताले शान्ति प्रदान गरून् भनी हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछौँ ।  




थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना