रङहरूको चाड ‘फागुपूर्णिमा’ मनाइँदै (फोटो फिचर)

काठमाडौँ, २१ फागुन । प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमाका दिन मनाइने रङहरूको चाड फागुपूर्णिमा आज पहाडी भेगमा हर्ष र उल्लासका साथ मनाइँदै छ ।

वसन्त ऋतुको आगमनको उल्लाससँगै फागुन महिनामा मनाइने यो पर्व एकार्कामाथि विभिन्न प्रकारका रङहरू लगाइदिएर मनाइन्छ । पूर्णिमाको अघिल्लो दिन बुधबार राति होलिका दहन गरेपछि बिहानैदेखि आफन्त साथीभाइलाई रङ लगाएर होली मनाइएको छ । होलीका कारण काठमाडौँ उपत्यकामा आज सवारी साधन सीमित मात्रामा चलेका भए पनि विगतका वर्षमा भन्दा यस वर्ष भव्य र सभ्य रुपमा होली मनाइएको सर्वसाधारणको धारणा छ ।

फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चीर (विशेष रूपले सजाएको लिङ्गो) गाडेपछि होली सुरु भएको मानिने र पूर्णिमाको रात (आज)मा उक्त चीर ढालेर जलाएपछि समाप्त भएको मानिन्छ ।

काठमाडौँको वसन्तपुर र ठमेल क्षेत्रमा विभिन्न सङ्घसंस्थाको आयोजनामा होली मनाइएको छ । ठमेललगायत क्षेत्रमा विदेशी पर्यटकले पनि रमाइलोका साथ होली मनाएका छन् । विश्वविद्यालय क्याम्पस कीर्तिपुरसहित उपत्यका विभिन्न क्याम्पसमा विद्यार्थी सङ्गठनले सामूहिक रुपमा होली मनाएका छन् । तराईमा भने शुक्रबार होली पर्व मनाइन्छ । रासस

1_12345

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना