ज्यान जोखिममा पार्ने फित्तेजुका

Jukaटाउकोमा जुकाको अण्डाले गर्दा कतिपय मानिस जीवनमरणको दोसाँधमा पुग्छन् । आँखा, नाक, मुख, दिमाग नभएको परजीवीले यसरी मानिसलाई सङ्कटमा पु¥याउँछ र त्यो बस्छ हाम्रो आन्द्रामा । यसको टाउकोमा पोषक तìव चुस्ने र टाँसिने बनावट हुन्छ, जसको सहयोगमा परजीवी आन्द्राको भित्तामा राम्रोसँग टाँसिएर बस्छ । धेरै लामो आकार पनि लिनसक्ने यस परजीवीलाई फित्तेजुका भनिन्छ । फिता जस्तो चेप्टो र लामो हुने यो जुका माछा, सँगुर, मानिस, चरा तथा उभयचरहरूमा रहेर आफ्नो जीवनचक्र पूरा गर्छ । फित्तेजुकाको टाउको मात्र महìवपूर्ण अङ्ग हुन्छ । आँखा, मुख, दिमाग नभए पनि टाउकोको चुस्ने भागलाई आन्द्राको भित्तामा टाँसेर यस जुकाले खाने गर्छ । साथै यस जुकाको आन्द्रा र मलद्वार पनि हुँदैन । आपूm बाँच्नका लागि यसले सङ्क्रमितको आन्द्राबाट सोभैm आवश्यक पोषक तìव चुस्ने गर्छ । फित्ते जुकाको आवरण वा छालाले पोषक तìव पचाउँछ । फित्ते जुकालाई सबैभन्दा बढी मन पर्ने तìव हो भिटामिन बी १२ । त्यसैले फित्ते जुकाले सङ्क्रमित मानिसको तौल घट्छ, उसलाई थकान बढी लाग्छ र रक्तअल्पता पनि देखिन्छ ।
अन्य परजीवीको विपरीत फित्ते जुकाले आफ्नो विकासक्रममा आन्द्रा र सम्बेदी अङ्गहरूलाई परित्याग गरी सरल खालको बनावट तयार पार्छ । इभोल्भ जर्नलमा जेनेटिक वैज्ञानिक डा. पिटर ओल्सनले भन्नुभएको छ– कुनै पनि प्राणीमा अहिलेसम्म उद्विकासको क्रममा सबैभन्दा बढी जिन परित्याग गर्ने फित्ते जुका नै हो । प्रायः फित्ते जुकाको आयु सङ्क्रमति हुने व्यक्ति वा पशुको आयु जति नै हुन्छ । आफ्नो जीवनमा फित्ते जुकाले टाउको तलको खण्ड प्रोग्लोटिड्स नवीकरण गरिरहन्छ । जसले गर्दा उसको शरीरको लम्बाइ बढ्छ । तर शरीरको तल्लो खण्डका प्रोग्लोटिड्स कमजोर बन्दै गएपछि चुँडिन्छन् र मलसँगै सङ्क्रमितको शरीरबाट बाहिर निस्कन्छन् । केही गरी प्रोग्लोटिड्स पुरै नष्ट भएमा फित्ते जुकाले पुनः नयाँ प्रोग्लोटिड्स बनाउने गर्छ । हरेक प्रोग्लोटिडमा अण्डकोष, डिम्बाशय र पाठेघर हुने भएकाले एक फित्ते जुकामा स्त्रीपुरुष दुवैको गुण हुन्छ । त्यसैले फित्ते जुकाको प्रत्येक प्रोग्लोटिडमा सन्तान उत्पादनका लागि सबै गुण हुने गर्छ । एक वयस्क फित्ते जुकाले प्रतिदिन पचास हजारदेखि दस लाख अण्डा पार्न सक्छ ।
आफ्नो विचित्रको प्रजनन् प्रणालीको सहयोगमा फित्ते जुकाले आपैm अण्ड निषेचन गर्ने वा सङ्क्रमितको आन्द्रामा रहेका अन्य जुकाबाट आफ्नो अण्डा निषेचन गराउनसक्छ । फित्ते जुकाका प्रजातिमध्ये ताइनिया सोलियमले मानिसलाई बढी सङ्क्रमण गर्छ । सुँगुर पालन अधिक हुने ल्याटिन अमेरिका, चीन, दक्षिण पूर्वी एसिया क्षेत्रका मानिसमा फित्ते जुकाको यो प्रजाति बढी पाइएको छ । सङ्क्रमित मनिसको दिसामा फित्ते जुकाका अण्डा हुन्छन् । मानिसको शरीरमा फित्ते जुकाको अण्डाले प्रवेश गरेमा गम्भीर स्वास्थ्य समस्या उत्पन्न हुन्छ । फित्ते जुकाको अण्डाले प्रदूषित हातले छोएको खाद्यवस्तु खाएमा अन्य मानिसमा अण्डा सर्ने खतरा उच्च हुन्छ । आहाराको खोजीमा भौँतारिएका सुँगुरले फित्ते जुकाको अण्डाले प्रदूषित खाद्यवस्तु खाएमा अण्डा उसको शरीरमा सर्छ । सुँगुरको शरीरभित्र फित्ते जुकाको अण्डाबाट लार्भा निस्कन्छ र रक्तनली छेडेर रगतमा मिसिन्छ । यसरी सङ्क्रमित सुँगुरको मासु राम्रोसँग नपकाई खाएमा मानिसको शरीरमा पुनः पुगेर फित्ते जुकाले परिपक्व भई जीवनचक्र फेरि सुरु गर्छ ।
जब वयस्क फित्ते जुका मानिसको आन्द्रामा मात्र असर पार्छ भने चिकित्साविज्ञानले त्यस अवस्थालाई तुलनात्मक रूपमा खतरनाक मान्दैन । तर जब सुँगुरमा सर्नुपर्ने अण्डा सोभैm मानिसमा स¥यो भने गम्भीर अवस्था सिर्जना हुनसक्छ । सुँगुरको शरीरमा बन्नुपर्ने लार्भा मानिसको शरीरमा बन्छ र आन्द्रा बाहिर सङ्क्रमण भई ज्यान खतरामा पर्छ । फित्ते जुकाको अण्डाले प्रदूषित खाद्यवस्तु खाने मानिसमा अण्डा सर्ने गर्छ । फित्ते जुकाको लार्भाले सङ्क्रमण गर्ने अवस्थालाई चिकित्साविज्ञानले न्युरोसिस्टेसार्कोसिस भन्ने गरेको छ । फित्ते जुकाको लार्भाले मानिसको शरीरमा सङ्क्रमण गरी मस्तिष्कमा पुगेर सिस्टहरू बनाउँछ । सिस्टहरू बढ्दै जाँदा सेरेब्रोस्पाइनल द्रवको प्रवाह अवरुद्ध भई टाउकोमा पानी बढेर मस्तिष्कमाथि दबाब वृद्धि भएर बेहोस हुने, भ्रमित हुने वा ज्यान जानसक्छ ।
वयस्क फित्ते जुकामा रूपान्तरित हुन नसक्दा लार्भाको सिस्ट स्वतः मर्छ तर सिस्टप्रति मानिसको शरीरले देखाउने आक्रमणले दुष्प्रभाव पार्ने खतरा हुन्छ । यस प्रतिक्रियाबाट मस्तिष्कको वरिपरिका तन्तुमा प्रभाव परेर सङ्क्रमित मानिस बेहोस हुने वा कोमामा जाने खतरा रहन्छ । सन् १९८० को दशकमा विकास गरिएको प्राजिक्वान्टेल औषधिले मस्तिष्कमा फित्ते जुकाका लार्भालाई सजिलै मार्ने भए पनि त्यसले गर्दा शरीरको प्रतिरक्षा प्रणाली उग्र भएर मस्तिष्क सुन्निने सम्भावना हुन्छ । ल्याटिन अमेरिकी क्षेत्रमा नै प्रतिवर्ष करिब तीन करोड मानिसलाई फित्ते जुकाका कारण न्युरोस्टिेसार्कोसिस हुने अनुमान गरिएको छ । तथापि मस्तिष्कका अन्य विकारसँग मिल्दोजुल्दो लक्षण देखाउने भएकाले न्युरोसिस्टोसार्कोसिसले भ्रम सिर्जना गर्छ । फित्ते जुकामध्येको एक प्रजाति फिस टेपवर्म मानिसलाई सङ्क्रमित गर्ने सबैभन्दा लामो परजीवीमा पर्छ । प्रतिदिन २२ सेन्टिमिटरको दरमा वृद्धि भएर यो फित्ते जुका ८२ फिटसम्म लामो हुने देखिएको छ । वैज्ञानिकले फित्ते जुकाका नौ हजार प्रजातिको खोज गरेका छन् र ती मध्ये ५३ प्रजातिले मात्र मानिसमा सङ्क्रमण गर्ने पाइएको छ । एजेन्सी

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना