काठमाडौँबाट अब बाजुरासम्म सिधा बस सेवा

  • गोरखापत्र समाचारदाता

काठमाडौं, फागुन ६ गते । राजधानी काठमाडौँ र सुदूरपश्चिमको दुर्गम पहाडी जिल्ला बाजुरासम्म सिधा बस सेवा सञ्चालन भएको छ । सुदूरपश्चिम यातायातले सर्वसाधारणको सुविधाका लागि शुक्रबारबाट बस सेवा सञ्चालनमा ल्याएको हो ।
शुक्रबार बिहान छ बजे बाजुराबाट यात्रुवहाक बस काठमाडौंका लागि हिँडेको छ भने काठमाडौंबाट ११ बजे मातर्डीका लागि छुटेको हो ।

ktm-bajura--bus sewa..सुदूरपश्चिम यातायात ब्यवसायी संघका प्रतिनिधि भीमबहादुर कुँवरले काठमाडौं–बाजुरासम्मको सिधा बस सेवाले बाजुरा, बझाङ, हुम्ला र मुगुका सर्वसाधारणलाई सजिलो हुने बताउनुभयो । उहाँका अनुसार यो नेपालको सबैभन्दा लामो दूरीको यातायात सेवा हो । राजधानीको गोंगवुस्थित नयाँबसपार्कबाट बाजुराको सदरमुकाम मार्तडीसम्मको दूरी करीव एक हजार एक सय किलोमिटर छ । काठमाडौंबाट वाजुरा पुग्न करीव ३० घण्टा लाग्ने अनुमान गरिएको छ । बसको भाडाडर प्रतिब्यक्ति दुईहजार आठसय निर्धारण गरिएको छ ।

बैद्यनाथ डिलक्सका छ वटा अत्याधुनिक बसहरु सञ्चालन गरिएको जानकारी उहाँले दिनुभयो । बसभित्र खाना–खाजादेखि शौचालयसम्मको सुविधा रहेको छ ।

बाजुराबाट काठमाडौं पुग्न सर्वसाधारणले बस परिवर्तन गरी अछामको साँफेवगर र कैलालीको धनगढी पुग्नु पर्ने बाध्यता थियो । यसअघि अछामको मंगलसेन काठमाडौंबाट सबैभन्दा लामो दुरीको रुटको रुपमा रहेको थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds