औद्योगिक क्षेत्र बनाउने निर्णयपछि व्यवसायी उत्साहित

रत्ननगर (चितवन), फागुन ६ गते । शक्तिखोरमा अन्तर्राष्ट्रियस्तरको औद्योगिक क्षेत्र बनाउने सरकारी निर्णयको जिल्लाका व्यवसायीले स्वागत गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्याकेज घोषणा गरेको एक हप्ता नबित्दै सरकारले कालिका नगपालिकास्थित शक्तिखोरलाई औद्योगिक क्षेत्र बनाउने निर्णयको गरेको हो । क्षेत्रीय होटल सङ्घका अध्यक्ष सुमन घिमिरेले सो निर्णयको स्वागत गर्दै औद्योगिक क्षेत्र घोषणाबाट पर्यटन तथा उद्योग विकासमा टेवा पुग्ने बताउनुभयो ।

यस्तै रत्ननगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष ज्ञानबहादुर विसुरालले सरकारी निर्णयले उत्साहित बनाएको बताउनुभयो । “सङ्घले बर्सेनि साधारणसभा तथा महोत्सवमार्फत औद्योगिक क्षेत्र स्थापनाको विषय उठाउँदै आएको थियो,” उहाँले भन्नुभयो । पछिल्लो समय जिल्लामा उद्योगको सङ्ख्या थपिँदै गएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds