शुक्रबारदेखि स्थानीय निकायको काम नियमित

काठमाडौँ,  फागुन ६ गते   । चार दिनदेखि ठप्प स्थानीय निकाय (शुक्रबार) आज देखि सञ्चालनमा आउने भएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अधिकारी र स्थानीय निकायका कर्मचारी सङ्घ, सङ्गठनका प्रतिनिधिबीच कार्यदल गठन गरी माग सम्बोधन गर्न छलफल गर्नेलगायत सातबुँदे सहमति भएपछि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता भएको हो । मन्त्रालय र आन्दोलनरत पक्षका प्रतिनिधिबीच १२ सदस्यीय कार्यदल गठन गरी आन्दोलनरत पक्षका माग सम्बोधन गर्न दुवै पक्ष सहमत भएको मत्रालयका सल्लाहकार माधव सापकोटाले जानकारी दिनुभयो ।

चार दिनदेखि स्थानीय निकायका कर्मचारीलाई निजामती र अन्य निकायमा काम गर्ने कर्मचारीसरह समान पदका लागि समान अवसर प्रदान गर्नुपर्ने र लामो समयदेखि कार्यरत अस्थायी, करार र ज्यालादारी कामदारलाई सेवामा निरन्तरताको अवसर दिनुपर्नेलगायत माग राख्दै स्थानीय निकायका कर्मचारी आन्दोलित हुँदै आएका थिए ।

गत बिहीवार एक घन्टा र शुक्रबार १० देखि अपराह्न १ बजेसम्म काम छाडेर हड्तालमा उत्रिएका कर्मचारीले आइतबार देशभरका पूरै स्थानीय निकायबाट कामकाज ठप्प पारेका थिए । आज तेस्रो दिन पनि स्थानीय निकायबाट हुने कुनै किसिमको काम हुन सकेन । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds