परिवर्तनका संवाहकलाई सम्मान

kabita thapaकाठमाडौँ, १९ फागुन । प्राकृतिक स्रोत संरक्षण एवम् महिला सशक्तीकरणका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका चार व्यक्तिलाई आज सम्मान गरिएको छ ।

डब्लुडब्लुएफ नेपाल, हरियो वन कार्यक्रमद्वारा आज आयोजित ‘प्राकृतिक स्रोत व्यवस्थापनमा महिला नेतृत्वको पहिचान’ विषयक कार्यक्रममा उत्कृष्ट महिला परिवर्तन संवाहकका रुपमा राधा चौधरी(बर्दिया) र उत्कृष्ट पुरुष संवाहकका रुपमा यमबहादुर घले (मनाङ)लाई सम्मान गरिएको हो ।

चौधरीलाई बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा वातावरण संरक्षण, शिक्षा, सहकारी, सेवाकेन्द्र हुँदै आधुनिक सूचनाकेन्द्रसम्म क्रियाशील भएका कारण सम्मान गरिएको हो ।

घलेलाई वन क्षेत्रमा संलग्न महिलाको सुरक्षा, सशक्तीकरण एवम् क्षमता अभिवृद्धिका लागि महत्वपूर्ण योगदान पु¥याएको भन्दै सम्मान गरिएको हो ।

त्यस्तै, संरक्षण कार्यमा अदम्य साहस र समर्पण देखाएबापत बाँकेकी सावित्रा पुन र संरक्षण एवम् जलवायु परिवर्तन अनुकूलनमा सबल सहजकर्ताको भूमिका निभाएबापत लौटन थारुलाई विशेष परिवर्तन संवाहकका रुपमा सम्मानित गरिएको छ ।

संवाहकहरुको सम्मान गर्दै महिला बालबालिका तथा समाजकल्याण मन्त्री निलम केसी (खड्का)ले महिला सशक्तीकरणका सम्बन्धमा विभिन्न चरणमा सम्झौता हुने तर त्यसको कार्यान्वयन नहुने कुरा नै समस्याका रुपमा देखिएको बताउनुभयो ।


नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष धर्मेन्द्र झाले प्राकृतिक स्रोत व्यवस्थापनमा महिलाको नेतृत्व महत्वपूर्ण हुने बताउनुभयो । मिडिया एड्भोकेसी गु्रपकी अध्यक्ष बबिता बस्नेतले प्राकृतिक स्रोत साधनको संरक्षणलाई प्रभावकारी बनाउने काममा महिला वर्गले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताउनुभयो । रासस

फोटोः कविता थापा

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना