प्रतिपक्ष सँग चाँडै सहमति हुने

जितेन्द्रनारायण ठाकुर

minendraविराटनगर ,फागुन १८ गते । सूचना तथा संचारमन्त्री डा. मिनेन्द्र रिजालले प्रतिपक्षमा रहेका दलहरु संग चाँडै नै सहमति हुने बताउनुभएको छ । उहाँले प्रतिपक्षमा रहेको दलहरु संग वार्ता हुने वतावरण बन्दै गएकाले चाडै नै सहमति हुने बताउनुभयो । विराटनगरमा सोमवार पत्रकारहरु संगको भेटघाटमा मन्त्री रिजालले यस्तो बताउनुभयो ।

उहाँले आगामी जेठ–१५ गते संविधान जारी गर्ने गरी प्रतिपक्षमा रहेको दलहरु संग सहमति हुने बताउनुभयो । संविधान निर्माणको लागि ४ महिनाको काम बाकी रहेको उल्लेख गुर्नहुदै उहाले दलहरु बिच सहमति भए दुई महिनामा नै पुराहुने बताउनुभयो । उहाले माघ–८ मा संविधान नआउदा जनता नैरश्यता छाएकाले जेठ–१५ मा संविधान जारी हुने गरी सहमती कायम गर्नुपर्ने आवश्कताा रहेको बताउनुभयो ।

उहाले प्रतिपक्षमा रहेको दलहरुले जेष्ठमा १५मा संविधान आउने गरी सहमतिमा आए केहि दिन कुरेर बस्ने उल्लेखगर्नु हुदै भन्नुभयो —’ समय धेरै खेर गएकाले अव घुर्कियाउन मिल्दैन । ’ रिजालले एकिकृत माओवादी नेतृत्वको मोर्चा संग वार्ता र छलफलका लागी वातवरण वन्दै गएकाले संविधान जारी गर्ने स्वाभाविक रुपमा सहमतिमा आउनुपर्ने बताउनुभयो ।उहाले विगतमा भएको सहमती र सम्झौता अनुसार नै संविधान निर्माण प्रक्रिया अघि वढ्ने भएकाले सहमतिमा आउनुपर्नेको विकल्प नभएको बताउनुभयो । उहाले संविधान निर्माणका लागी प्रतिपक्षलाई समेत संगै लिएर सतापक्ष तयार रहेको बताउदै भन्नुभयो —’ संविधान सभावाट जनताको अभिमत अनुसार संविधान निर्माण हुने छ । ’जनताको अभिमत अनुसार सत्तापक्ष दलहरुको सहमतिमा सविधान निर्माण गर्न ंतयार रहेकाले जनताको अभिमतलाई वुझेर प्रतिपक्षका मोर्चालाई आन्दोलन छोडेर सहमतिमा आउन आग्रह गर्नुभयो ।उहाले संविधाननिर्माणका विषयमा मुख्यदलहरु विच केहिदिन भित्रै वार्ताले सकारात्करुपमा सहमति हुने छलफल शुरु हुने जानकारी दिनुभयो । 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना