तुल्सीपुरमा म जाँदाखेरी...


टीकाबहादुर बस्नेत

दाङ, माघ २२ गते   । 

‘तुल्सीपुरमा म जाँदाखेरी
हजुर भेट भयो गजबको तन्नेरी । ’

पछिल्लो समय राजनीतिमा सक्रियता बढाउनुभएकी गायिका कोमल वली राजनीति मात्र होइन, स्टेज कार्यक्रम तताउन पनि सिपालु हुनुहुन्छ ।  तीजका बेला शिव भगवान्सँग पोइ माग्ने गीत हुन् या मायालु जोडीको खोजीमा गाइएका झ्वाँक तन्नेरी गीत हुन् प्रायः विवादमा तानिइरहनुहुने वलीले आफ्नो गृहजिल्लामा आयोजित तुलसीपुर महोत्सवमा उपस्थित दर्शकलाई शुक्रबार खुबै मनोरञ्जन प्रदान गर्नुभयो । tulsipurma ma jadakheri
मध्यदिनमा स्टेजमा उक्लिनुभएकी वलीलाई तन्नेरीले मात्रै होइन बालकदेखि ज्येष्ठ नागरिकसम्मले ताली र नाचमा साथ दिएका थिए ।  मध्यपश्चिम क्षेत्रीय व्यापार तथा पर्यटन महोत्सव एवम् औद्योगिक कृषि मेलामा उपस्थित दर्शक गायिका वलीलाई गाउन हौस्याउँदै जोस्सिरहेका देखिन्थे ।  दर्शकलाई नचाउन खप्पिस गायिका वलीले उही चर्चित गीत मलमलकिरी जुनकिरी...गाउनुभयो ।  
महोत्सवमा नेपाली सुगम सङ्गीतका चर्चित गायक शिव परियारले दङ्गाली युवा युवतीलाई करिब एक घण्टा नचाउनुभएको थियो ।  युवायुवती माझ लोकप्रिय रहनुभएका परियारले पिउँदिन भन्दाभन्दै पिलायो साथीले... बोलको गीत गाउँदा दर्शक जुरुक्कै उठेर नाचेका थिए ।  विदेशका कार्यक्रममा समेत व्यस्त गायक परियारका अधिकांश गीत डान्सिङ बिटका भएकाले पनि मेला महोत्सवमा माग बढ्दो छ ।  त्यसैगरी गायिका ज्योति मगर, नवीन पौडेल, ऋतु कँडेल, शेरबहादुर डाँगी, रमेश क्षितिज गिरी, सचिन पोखरेल लगायतले प्रस्तुति राख्नुभएको थियो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना