शिवले कुस्मामा नचाए

siba pariyarपर्वत, माघ २१ गते  ।  नेपाली सुगम सङ्गीतका चर्चित गायक शिव परियारले पर्वत महोत्सवको माहोल एकाएक तताउनुभएको छ ।
नेपाली सङ्गीतका पारखीले अत्यधिक रुचाएका कलाकार शिवले पाँचौँ पर्वत महोत्सवमा गीत गाउन थालेपछि दर्शकको चाप एकाएक बढेको थियो ।  गायक परियारले आफ्ना लोकप्रिय डेढ दर्जन गीत प्रस्तुत गर्नुभयो ।  बाटो मोडर गयौ नाता तोडेर गयौ....बोलको गीतबाट गायन थाल्नुभएका गायक परियारलाई दर्शकले ताली, नाच र हुटिङले साथ दिएका थिए ।
बेहोसीपछि होसमा आउँदा क्या दामी भो... बोलको गीतले दर्शकलाई मन्त्रमुग्ध बनायो ।  कुवाको पानी खानु सालैको पातैले..., मलाई जालैमा पा¥यो फेसबुकले..., मायालु मायालु..., पार्वती पार्वती...लगायतका गीतमा पनि शिवले दर्शकको उत्तिकै साथ पाउनुभयो ।  परियारको सर्वाधिक हेरिएको सुनिएको पिउँदिन भन्दाभन्दै पिलायो साथीले...बोलको गीत भने दोहो¥याएरै गाउनुप¥यो ।  दर्शकको आग्रह टार्न नसकेर शिवले सो गीत प्रस्तुत गर्नुभएको थियो ।  
गायक परियारले विशेषगरी युवा पुस्तालाई नचाउने खालका रोमान्टिक गीत धेरै गाउनुभएको छ ।  युवा पुस्ता मात्र होइन सबैखालका श्रोतामाझ चर्चित गायक शिवका गीतमा दर्शकले पूरै अवधिभर साथ दिएका थिए ।  गायक शिवले दर्शककै रोजाइमा नयाँ र पुराना गीत प्रस्तुत गर्नुभएको थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना