सोलुखुम्बुमा एक सय बत्तीस सवारी कारबाहीमा

सल्लेरी (सोलुुखुम्बु),  मङ्सिर १५ गते  । नियम विपरीत सवारी चलाउने सवारी ट्राफिक कारबाहीमा परेका छन् ।सोलुखुम्बु जिल्लामा कात्तिक÷मङ्सिर महिनाको हालसम्म १३२ वटा सवारी कारबाहीमा परेको जनाएको छ । जिल्लामा भित्रिने र बाहिरिने सवारीसाधनको जाँचमा कडाइ गरेपछि कात्तिक महिनायता कारबाहीमा पर्ने सवारीको सङ्ख्या बढेको हो ।

कारबाहीमा परेका सवारीबाट कात्तिक महिनादेखि यता हालसम्म रु ५९ हजार राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । सिट क्षमताभन्दा बढी यात्रु बोक्ने, लाइसेन्स तथा कागजात नभएका र अन्य नियम मिचेका सवारीसाधनबाट राजस्व सङ्कलन भएको ट्राफिक इन्चार्ज भेषबहादुर थापाले बताउनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना