कुमालको ‘मेरी काली’

shiva kumal
लोकदोहोरी गायक शिवमिन कुमालले लोक दोहोरी एल्वम ‘मेरी काली’ बजारमा ल्याउनु भएको छ । यो गायक कुमालको पहिलो एल्वम हो । तनहुँको व्यास नगरपालिका–९ अधेरीभञ्ज्याङका २९ वर्षिय गायक कुमाल रोजगारीको लागि भारत जानुहुन्छ । त्यहाँबाट कमाएको पैसा मध्ये घरखर्च चलाएर बचेको पैसाले एल्बम निकाल्नु भएको हो ।
एल्वमा रहेको शब्द पनि गायक कुमालकै रहेछ भने लय पदम विसीको रहेको छ । गीतमा आवाज गायक कुमाल, पदम विसी र सरीता थापा मगरको छ । सानै देखि गायनमा रुची राख्ने कुमाल आफ्नो इच्छा पुरा गर्नका लागि एल्वम निकालेको र यसको लागि एक लाख रुपैयाँ खर्च भएको बताउनु भयो । गीतको म्युजिक भिडियो पनि तयार भएको छ । एल्वमलाई क्रेटर थ्रेटरले बजारमा ल्याएको छ । एल्वममा
‘चट्ट कम्मर लर्किएको बाल
जे लाए सुहाउने जीउ, डाल
कति राम्री छौ मेरी काली ....’ बोलको एक गीत मात्रै रहेको छ ।
फोटो सामेल छ –लोक गायक शिवमिन कुमाल र एल्वम कभर

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना