लामखुट्टे धपाउने धुपको आगोले आठ लाखको क्षति


लहान, फागुन १७ गते । लामखुटे धपाउन बालेको धुपबाट लहान १ कृष्णा टोलमा सवुरलाल चौधरीको किराना पसलमा आगलागी हुँदा आठ लाख भन्दा बढीको क्षति भएको छ । शनिवार राति आगोलागेर जलेको ईप्रका लहानले जनाएको छ ।
आगलागीबाट टिनको छानो भएको काठको १ तले घुम्ती कठघारा र किराना सामान सबै पूर्ण रुपमा जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले बताउनु भएको छ । उहँको अनुसार राति अचानक आगलागी भएपछि स्थानीय र प्रहरीको सहयोगमा एक घण्टापछि नियन्त्रणमा आएको थियो ।
पसलकै भरमा गुजारा गर्ने चौधरीको पसल जलेपछि काहाँवाट विभिन्न वित्तिय संस्थावाट लिएको ऋण भुक्तानी गर्ने पिडाले चौधरीको परिवारमा रुवावासी नै चलेको छ । यसरी धुप वाल्दा होस पुरयाउन इप्रका लाहानले सवैमा आग्रह समेत गरेको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना