सहमतिको वातावरण बनाए वार्तामा बस्न तयार छौँ

Prachandaकाठमाडौँ, फागुन १७ गते । एकीकृत नेकपा माओवादी का अध्यक्ष पुष्पकमल दाहालले शनिबार राजधानीमा ३० दलीय मोर्चाले निकालेको ¥यालीका क्रममा झडपमा परी घाइते भएका नेता तथा कार्यकर्तासँग आज अस्पताल पुगी भेट्नुभएको छ ।

मोर्चाले निकालेको ¥यालीका क्रममा बानेश्वरमा झडप हुँदा एमाओवादीका पोलिटब्युरो सदस्य गङ्गानारायण श्रेष्ठ, राजेश बेञ्जनकारलगायतका करिब १०० को सङ्ख्यामा कार्यकर्ता घाइते भएका थिए ।

अध्यक्ष दाहाल कान्तिपुर अस्पतालमा उपचाररत घाइतेहरुको अवस्था बुझ्न बिहान अस्पताल पुग्नुभएको हो । सो अवसरमा एमाओवादी अध्यक्ष दाहालले सरकारलाई आफूहरुको आन्दोलन शान्तिपूर्ण हुने जानकारी गराएको भए पनि शान्तिपूर्ण ¥यालीसहितको जुलुसमाथि आक्रमण गरिएको भन्दै त्यसको भत्र्सना गर्नुभयो ।

काँग्रेस–एमाले बहुमतको आडमा जबर्जस्ती पेलेर अघि बढ्न खोजेकाले समस्या आएको बताउँदै उहाँले भन्नुभयो – सरकारले सहमतिमा संविधान बनाउने वातावरण बनाए हामी वार्तामा बस्न तयार छौँ ।

घाइतेहरुलाई भेट्न एमाओवादी नेताहरु टोपबहादुर रायमाझी, वर्षमान पुन, जनार्दन शर्मा, प्रवक्ता दीनानाथ शर्मा, अग्नि सापकोटा, हिसिला यमीलगायत अस्पताल पुग्नुभएको थियो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना