मध्यपश्चिम पनि स्वाइनफ्लुको उच्च जोखिममा

बाँके, फागुन १७ गते । भारतसँग सीमा जोडिएका भन्दा तराईका जिल्ला भन्दा मध्यपश्चिममा पहाडी जिल्ला स्वाइनफ्लु रोगको उच्च जोखिममा रहेको पाइएको छ । नेपाल– भारत सीमाको नेपालगन्ज नाकामा एकसातादेखि हेल्पडेस्क राखेर भारतबाट फर्कनेहरुको चेकजाँच गर्दै आएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले तराईका जिल्ला भन्दा पहाडी जिल्ला उच्च जोखिममा भएको जनाएको छ ।

भारतमा स्वाइनप्mलु रोगको महामारी भएका स्थानबाट फर्कने नेपालीहरु अधिकाँश पहाडी जिल्लाका नागरिक छन् , जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका महामारी रोग नियन्त्रण शाखा प्रमुख रामबहादुर चन्दले भन्नुभयो,– सीमाबाट भित्रिने नेपालीको सङ्ख्याका आधारमा पहाडमा पनि धेरै जोखिम छ ।
भारतीय सीमास्थित जमुनाह नाकामा स्थापना गरिएको इबोला र स्वाइलप्mलु हेल्प डेस्कमा भारतबाट आउने करिब तीनसयजनाको दैनिक चेकजाँच हुँदै आएको छ । ति मध्ये अधिकाँश मध्यपश्चिम नेपालका पहाडी जिल्लाका बासिन्दा छन् । भारतबाट फर्किने नेपालीहरु धेरै हुने पहाडी जिल्लामा समेत स्वाइलप्mलु रोगविरुद्धको अभियान आवश्यक देखिएको सीमामा भेटिएका सर्वसाधारणहरुको भनाई छ ।
बाँकेमा हालसम्म कसैमा पनि स्वाइनप्mलुको संक्रमण देखिएको छैन् । भारतबाट फर्कनेहरुमा चेकजाँच गर्दा समेत कुनैपनि शंकाष्पद बिरामी फेला नपरेको जनस्वास्थ्यले जनाएको छ । सीमावर्ती जिल्ला बाँकेमा सवाइनप्mलु रोगबिरुद्ध सतर्कता अपनाउने सचेतनामुलक कार्यक्रम समेत संचालन भइरहेको छ ।
स्वाइनप्mलु रोगबाट जोगिन स्वास्थ्यकर्मीहरुले भिडभाडयुक्त स्थलमा सकेसम्म नजान, मास्क प्रयोग गर्न र हात मिलाउनुको सट्टा नमस्कार गर्न सुझाव दिएका छन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना