सहमतिबाटै संविधान बनाउने विपक्षी मोर्चाको अडान

काठमाडाँै, १६ फागुन । एकीकृत नेकपा (माओवादी) नेतृत्वको तीस दलीय मोर्चाले सहमतिमा संविधान बनाउने पक्षमा रहेको पुनः स्पष्ट गर्दै बहुमतीय प्रक्रिया तत्काल खारेज गरेर राजनीतिक सहमति तथा संवाद सहमतिबाटै निष्कर्षमा पुग्नुपर्ने जनाएको छ । उक्त मोर्चाको आयोजनामा खुलामञ्चमा भएको विशाल जनसभालाई सम्बोधन गर्दै मोर्चाका संयोजक एवम् एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले हजारौँ सहिदको बलिदानबाट प्राप्त जनआन्दोलनका उपलब्धि, अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौता, बाह्रबुँदे समझदारी, मधेस आन्दोलनलगायत आन्दोलनका क्रममा भएका सहमति कार्यान्वयन गर्दै संविधान निर्माणमा आफूहरु इमान्दारीपूर्वक लागेको बताउनुभयो । विगतका सन्धि, सम्झौता, सहमति तोडेर एकता र मेलमिलाप हुन नसक्ने भन्दै जनताका भावनाअनुरुप पहाडी, मधेसी, आदिवासी, जनजाति, मुस्लिम, उत्पीडितका पक्षमा संविधान बनाउनुको विकल्प नरहेको बताउनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना