विपक्षीको आन्दोलन सत्ता कव्जाको संकेत

गोविन्द शर्मा

NP Saudबाँके, फागुन १६ गते । सिँचाईमन्त्री एनपी साउदले एकीकृत नेकपा (माओवादी) नेतृत्वको मोर्चाको उद्धेश्य सत्ता कव्जा गर्ने हुनसक्ने बताउनुभएको छ ।
समानान्तर सरकार र संविधानसभाको धम्कीले विपक्षी मोर्चाको आन्दोलन बर्तमान संविधानसभा भङ्ग गराएर सत्ता कव्जा गर्ने संकेत हुन सक्छ , नेपाल प्रेस यूनियन बाँकेले शनिबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री साउदले भन्नुभयो,– आन्दोलनको कुनै औचित्य छैन, आन्दोलनले निकास पनि दिदैन् ।
मन्त्री साउदले विपक्षी मोर्चा संविधानसभाबाट भाग्नु समस्याको निकास नभएको दावी गर्दै सहमति वा प्रक्रिया दुबै विषयको टुङ्गो लगाउने काम पनि संविधानसभाभित्रैबाट हुने बताउनुभयो ।
सत्तारुढ दलहरु संविधान निर्माणका लागि सबै विकल्पमा छलफल गर्न तयार छन्, मन्त्री साउदले भन्नुभयो,– तर संविधानसभा मान्दैनौ भन्नु राजनीतिक रुपमा नैतिकता होइन् ।
उहाँले वार्ता र सहमतीका आधारमा संविधान निर्माण कार्यलाई अघि बढाउनका लागि सरकार तयार रहेको भन्दै नयाँ संविधान बर्तमान संविधानसभामा रहेको शक्ति सन्तुलनको दस्तावेज हुने स्पष्ट पार्नुभयो । प्रक्रिया पनि सहमतीकै रुपमा भएको उहाँको भनाई छ ।
नेपाली काङ्ग्रेस, नेकपा एमाले लगायत सत्तापक्षमा रहेका दलहरु सबै नेपालीको भावनाको प्रतिनिधित्व गर्दै साझा पहिचानका आधारमा संविधान निर्माण गर्ने पक्षमा रहेको बताउनुभयो ।
मन्त्री साउदले संक्रमणकाल जति लामो भयो त्यति नै मुलुकका लागि अहितकर हुने चेतावनी समेत दिनुभयो ।
मन्त्री साउदले राष्ट्रिय गौरवका धेरै योजनाहरु मध्यपश्चिममा रहेको जानकारी दिदै राष्ट्रिय गौरवका योजनाहरु पुर्ब निर्धारित समयमै सम्पन्न गर्नका लागि सरकारले कुनै कसर बाँकी नराख्ने दावी गर्नुभयो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना