धार्मिक पर्यटकीय क्षेत्र मुडकामा मेला

कञ्चनपुर, फागुन १६ गते । कञ्चनपुरको झलारी पिपलाडी क्षेत्रअन्तर्गत पर्ने धार्मिक पर्यटकीय क्षेत्र मुडकामा आज मेला लागेको छ । प्रत्येक वर्ष यहाँ फागुन शुक्लपक्षको दशमी तिथिका दिन मेला लाग्ने गर्दछ । मेला भर्न डडेल्धुरा कैलाली कञ्चनपुरसहित निकटवर्ती भारतीय क्षेत्रका दर्शनार्थी मुडका बाबाको दर्शनका लागि पुगेका छन् । बिहानैदेखि मुडका बाबाको दश हजारभन्दा बढी दर्शनार्थीले दर्शन गरी प्रसाद ग्रहण गरेको वैजनाथ सनातन धर्म संरक्षण समितिका अध्यक्ष भरतबहादुर ऐरले बताउनुभयो ।

यस वर्ष दुई लाखभन्दा बढी दर्शनार्थी मुडका बाबाको दर्शनका लागि पुग्ने अनुमान छ । मुडका क्षेत्रको दर्शन गरेमा मनोवाच्छित फल पाइने जनविश्वास रहेको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना