संरक्षण नहुँदा ऐतिहासिक लिपि नष्ट हुँदै

म्याग्दी, पुस २७ गते । म्याग्दीको दुर्गम कुइनेमङ्गले गाविसस्थित रिखार बराह ताल परिसरमा रहेका ऐतिहासिक महत्वका शिलालेखमा रहेका लिपि संरक्षणको अभावमा नष्ट हुने अवस्थामा पुगेका छन् ।

लोपोन्मुख जाति छन्त्याल र मगर भाषामा लेखिएका शिल्पलिपि संरक्षणको अभावमा नष्ट हुने अवस्थामा पुगेका हुन् । हालै मात्र रिखार क्षेत्रमा पुगेर त्यहाँको वस्तुस्थिति र धार्मिक स्थलको भ्रमण गरी फर्किनुभएका योगगुरु नवीन जुग्जालीले दिएको जानकारीअनुसार त्यहाँ ढुंगामा लेखिएका ती भाषाका सयौँ लिपि नष्ट हुने अवस्थामा छन् ।

लिपि संरक्षणमा स्थानीय तथा सरोकारवालाको बेवास्ताका कारण यस्तो समस्या आएको जुग्जालीले बताउनुभयो । कुइनेमङ्गलेका युवा हरि छन्त्यालले त्यस क्षेत्रमा रहेका सम्पदाको संरक्षण र विकासका लागि पहल भइरहेको बताउनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds