महायज्ञमा रु ६ करोडभन्दा बढी सङ्कलन

रामपुर (पाल्पा), पुस २७ गते  । रामपुर नगरपालिका–११ को गङ्गा माध्यमिक विद्यालयमा सञ्चालन भएको श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञमा रु ६ करोड ३५ लाख ६६ हजार आठसय १८ बराबरको जग्गादान तथा नगद सङ्कलन भएको लेखा समिति संयोजक खगेन्द्र न्यौपानेले बताउनुभयो ।

विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनका लागि गत पुस १८ देखि २५ गतेसम्म आयोजना गरिएको महायज्ञमा सबैभन्दा ठूलो दान कपिलमणि आचार्य, सूर्य आचार्य, पिताम्वर आचार्य र मथुरादेवी आचार्यको परिवारले जम्मा रु ६१ लाख ६१ हजार एक सय ६१ रुपैयाँ दान गर्नुभएको छ ।

महायज्ञमा करिब एकहजार एकसय मुरी धान सङ्कलन भएको छ । महायज्ञका अवसरमा ६७ जनाले तुलादान, एक जनाले आफू बराबरको अन्नदान र एक जनाले रु पाँच हजार एकसय बराबरको वैतरणी गरेका छन् । महायज्ञमा पण्डित नारायणप्रसाद न्यौपानेले सङ्गीतमय शैलीमा कथावाचन गर्नुभएको थियो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds