एचआइभी एड्स सङ्क्रमितको मृत्युदर बढ्यो

उर्लाबारी (मोरङ), पुस २६ गते  । नयाँ एचआइभी एड्स सङ्क्रमितको दर घटे पनि मृत्युदर भने बढेको पाइएको छ । स्पर्श नेपाल, विराटनगरले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो ।

राष्ट्रिय एचआइभी एड्स महासङ्घका अध्यक्ष अच्युत सिटौलाले सन् २०१५ सम्ममा देशभरि ४० हजार एचआइभी सङ्क्रमित रहेको जानकारी दिनुभयो । सचेतनाका कारण प्रत्येक वर्ष ०.२ प्रतिशतको दरले एचआइभी सङ्क्रमित घट्दै गएको उहाँको भनाइ छ ।

एचआइभी सङ्क्रमितको सङ्ख्यामा कमी आए पनि मृत्युदुर भने बढेको अध्यक्ष सिटौलाले बताउनुभयो । उहाँका अनुसार देशभरि प्रत्येक वर्ष दुई हजार ३०० को सङ्ख्यामा एचआइभी सङ्क्रमितको मृत्यु हुने गरेको छ । एचआइभी सङ्क्रमित समाजमा खुल्न नचाहेको र नियमितरुपमा औषधि सेवन नगर्दा चाँडै मृत्यु हुने गरेको अध्यक्ष सिटौलाले बताउनुभयो ।

राष्ट्रिय एचआइभी एड्स महासङ्घले गरेको सर्वेक्षण अनुसार देशभरि ४० हजार एचआइभी सङ्क्रमित भएपनि नियमितरुपमा १३ हजार देखि १४ हजार जनाले मात्र औषधि सेवन गर्ने गरेका छन् । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds