नेपाली साहित्यलाई विश्वस्तरमै चिनाउनुपर्ने– आचार्य

narahari acharya
काठमाडौं ,फागुन १५ गते । नेपाल प्रज्ञा प्रतिष्ठान ,समालोचना र निबन्ध विभागको आयोजनामा ‘वर्तमान विश्व परिवेशमा साहित्य र समालोचनाको बाटो ’ विषयक बिचार गोष्ठीको आयोजना गरिएको छ ।
प्रतिष्ठान प्राङ्गन कमलादि काठमाडौंमा शुक्रबार आयोजित सो कार्यक्रमको उद्घाटन गर्दै कानून ,न्याय तथा संसदीय व्यवस्थामन्त्री नरहरि आचार्यले नेपाली साहित्य लेखनलाई राष्ट्रिय परिवेश दिंदै अन्तर्राष्ट्रिय स्तरमा बिस्तार गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
‘समालोचनाले साहित्यका नयाँ पक्षहरुलाई उद्घाटित गरिरहेको हुन्छ’ भन्दै उहाँले साहित्यकारलाई आफ्नो रचनाको व्याख्या गर्ने अधिकार नभएको धारणा व्यक्त गर्नुभयोे ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले समालोचनालाई साहित्यको एउटा महŒवपूर्ण विद्या बताउँदै समालोचनाले साहित्यकारहरुलाई साहित्य रचनाका लागि नयाँ परिवेश र मार्गको सिर्जना गर्न मद्दत गरिरहेको हुन्छ भन्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँले समालोचनाले पाठकलाई कृति बुझ्न मद्दत पुग्नुका साथै लेखकलाई समेत उर्जा प्रदान गरिरहेको बताउनुभयो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा कार्यक्रमका सभापति डा.विष्णुविभू घिमिरेले स्रष्टा र समालोचकबीचको द्धन्द्धले कृतिमा निखार आउनुका साथै कृति बुझ्न पाठकलाई मद्दत पुग्ने बिचार व्यक्त गर्नुभयो । उहाँले समालोचनालाई स्रष्ठा र पाठकबीचको पुलको सङ्ज्ञा दिनुभयो ।
वरिष्ठ समालोचक तथा साहित्यकार डा. गोविन्दराज भट्टराईले ‘वर्तमान विश्व परिवेशमा साहित्य र समालोचनाको बाटो ’ विषयक कार्यपत्र प्रस्तुत गर्दै समालोचना भनेको सिर्जनाको त्रुटीलाई प्रकाशित गर्नु हो भन्दै समालोचकको हृदय द्धेष र अंहभावरहित हुुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँले “ समालोचना वर्षाको पाानी झैं मन्द र कोमल हुनुपर्छ जसले साहित्यरुपी विरुवाको अभिबृद्धिलाई पोषित गरोस् ” भन्नुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना