अतिक्रमण तत्काल रोकि उचित व्यवस्थापन गर्न निर्देशन

सन्तोषी कार्की दोलखा, मंसिर १४ गते । मध्यमाञ्चल क्षेत्रिय प्रशासक शंकर कोइरालाले प्रसिद्ध धार्मिक एवँ पर्यटकीय स्थल कालिन्चोक क्षेत्रमा भईरहेको अतिक्रमण तत्काल रोकि सो क्षेत्रको उचित व्यवस्थापन गर्न निर्देशन दिनु भएको छ ।
कालिन्चोकको कुरी, टुटान र घ्याङडाडा क्षेत्रमा सार्वजनिक जग्गा व्यापक रुपमा अतिक्रमण भएको समाचार प्रकासन÷प्रसारण भएपछि स्थलगत अनुगमनका लागि कालिन्चोक पुग्नु भएका क्षेत्रिय प्रशासक कोईरालाले यस्तो निर्देशन दिनुभएको हो । उहाँले कालिन्चोक मन्दिरको थुम्कि, घ्याङडाडा र टुटानमा अतिक्रमण गरी बनाईएका घर टहरा तत्काल हटाउन तथा कुरी क्षेत्रमा बनेका सँरचनाको व्यवस्थापन गर्न निर्देशन दिनुभयो । कोईरालाले कालिन्चोक मन्दिर आसपासको क्षेत्रमा उत्खनन नगर्न/नगराउन तथा अवैध रुपमा भईरहेको रुख कटान रोक्न स्थानीय प्रशासन र जिल्ला वन कार्यालयलाई निर्देशन दिनुभयो ।
धार्मिक एवँ पर्यटकीय स्थल कालिन्चोक आसपासको सार्वजनिक क्षेत्रमा व्यापक रुपमा सार्वजनिक जग्गा अतिक्रमण भईरहेका बेला जताभावि उत्खननका कारण कालिन्चोक भगवतिको थुम्को समेत जोखिममा पर्ने भन्दै बिज्ञहरुले चिन्ता व्यक्त गरेको बेला अनुगमन भएको हो । सार्वजनिक जग्गा अतिक्रमण गरी घरटहरा बनाउने, मन्दिरको थुम्कि आसपासमा उत्खनन गरी टहरा बनाउने, जताभावि रुख कटान गर्ने जस्ता गतिविधिले कालिन्चोक क्षेत्र सँकटमा परेको समाचार प्रकासन÷प्रसारण भएपछि क्षेत्रिय प्रशासक कोईराला, नेपाल प्रहरीका डिआईजी प्रकाश अर्याल, शसस्त्र प्रहरीका डिआईजी सर्वेन्द्र खनाल, जनकपुर अन्चल प्रहरी कार्यालयका एसएसपि सुरेसकुमार केसी, दोलखाका प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव उपरिक्षक, जिल्ला वन अधिकृत लगायतको टोली कालिन्चोक पुगेको थियो ।
कालिन्चोक भगवति मन्दिरको थुम्किको भौगर्भिक बनावट कमजोर रहेका कारण थुम्कि आसपासमा ढुँगा निकाल्दा दिर्घकालिन असर पर्ने विज्ञहरुको भनाई छ । कालिन्चोक मन्दिरको ठिक तलतिर रहेको पाटि आसपासमा आधा दर्जन टहरा बनिसकेका छन् । ३ हजार ८ सय ४२ मिटरको उचाईमा रहेको मन्दिरको ठिक तलतिर कटेरा बनाउँदा प्राकृतिक सौन्दयर्ता बिग्रिएको छ भने मन्दिर आसपासवाट ढुँगा निकालेर टहरा बनाउँदा भुक्षयको खतरा समेत बढेको छ । कमजोर भौगोलिक अवस्थाका कारण कालिन्चोकको थुम्कोवाट माटो बगेर जाने र ढुँगा चोईटिएर झर्ने समस्या पुरानै हो । त्यहाँ माथि जताभावि ढुँगा निकाल्दा झनै समस्या थपिएको छ ।
कालिन्चोकको थुम्कि आसपास पनि कटेरा बनाउन थालिएको, मन्दिर व्यवस्थापन अलपत्र रहेको, सार्वजनिक जग्गा अतिक्रमण तिव्र भएको गुनासो पछि दोलखाका तत्कालिन प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलले मालपोत कार्यालयका अधिकृतको सँयोजकत्वमा अध्ययन समिति गठन गरेका थिए । उक्त समितिले अतिक्रमण र जताभावि घरटहरा बनाउने कार्यलाई रोकेर उचित व्यवस्थापन गर्न नसके कालिन्चोक मन्दिर क्षेत्रको अस्तित्व नैं सँकटमा पर्ने निश्कर्ष सहितको प्रतिवेदन बुझाई सकेको छ । भीमेस्वर नगरपालिकाका ईन्जिनियर सुरेश राउतले थुम्कि आसपासवाट ढुँगा उत्खनन गर्ने काम तत्काल नरोकिए दिर्घकालिन असर पर्ने बताउनुभयो । कालिन्चोक मन्दिर आसपासमा ढुँगा निकालेर घरटहरा बनाउनु धार्मिक र सामाजिक मूल्य मान्यता बिपरित रहेको भन्दै उहाँले ढुँगा निकाल्ने काम बन्द नभए दुर्भाग्य निम्तिने चेतावनी दिनुभयो । कालिन्चोक मन्दिर व्यवस्थापनका लागि उचित व्यवस्था नहुँदा मन्दिरमा चढाइने भेटिको व्यवस्थापन हुन सकेको छैन भने मन्दिर क्षेत्र प्रदुर्षित बन्दै गएको छ । कालिन्चोक भगवतिको दर्शन तथा उक्त क्षेत्रको भ्रमणमा आउने श्रद्धालु भक्तजन र पर्यटकको सँख्या उल्लेख्य बृद्धि भएपनि सुरक्षाका लागि प्रहरी चौकीको समेत व्यवस्था हुन सकेको छैन ।
कालिन्चोक क्षेत्रको समस्या समाधानका लागि स्थानीय प्रशासनले गठन गरेको अध्ययन समितिका सँयोजक अर्जुनप्रसाद पोखरेलले कालिन्चोक क्षेत्रमा देखिएको बिकृति तत्काल नरोके उक्त क्षेत्रको सुन्दरता समाप्त हुने बताउनु भएको छ । उहाँले कालिन्चोकको धार्मिक, ऐतिहासिक र प्राकृतिक सुन्दरता बचाउन तत्काल ठोस पहल चाल्नु पर्ने बताउनुभयो । घ्याङडाडा र टुटानमा बनेका घरटहरा हटाई तत्काल अतिक्रमण रोक्नु पर्ने, कुरीमा बनेका सँरचनाको उचित व्यवस्थापन हुनु पर्ने र मन्दिर आसपासको ३ किलो मिटर क्षेत्रमा कुनै पनि बस्तु उत्खनन तथा कटान गर्न प्रतिवन्ध लगाउनु पर्ने पोखरेलको भनाई छ ।
कालिन्चोक मन्दिर र आसपासको क्षेत्रलाई गुठि अन्तर्गत व्यवस्थित गर्नु पर्ने सुझाव दिँदै उहाँले मन्दिरको दैनिक पूजा सँचालन, भेटि व्यवस्थापन र अन्य कार्य सँचालनका लागि आधिकारिक पूजा व्यवस्थापन समिति गठन गर्नु पर्नेमा जोड दिनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना