म गायिका हो , गायिका नै रहन्छु

यलु जोशी

काठमाडौँ, । पप तथा आधुनिक मात्र होइन चलचित्रको पाश्र्व गायनमा समेत उतिकै सफल गायिका हुन्— इन्दिरा जोशी । गायनमा आधारित रियालिटी शो ”नेपाली तारा” मा प्रतिस्पर्धा गर्दै सांगीतिक क्षेत्रमा आउनुभएकी इन्दिरा यतिबेला सांगीतिक कार्यक्रम तथा रेकडिर्ङमा सर्वाधिक व्यस्त गायिका हुन् । स्वदेश तथा विदेशमा समेत आफ्नो गायनबाट दर्शकहरुको मन जित्दै आउनुभएकी जोशीलाई ‘स्टेज क्विन” समेत भनिन्छ । आइटम गीतमा समेत उत्तिकै जमेकी यी गायिकालाई थुप्रै चलचित्रबाट आइटम नृत्यको प्रस्तावसमेत आइरहेका छन् । आकर्र्षक अनुहार एवं जीउडालकी धनी जोशी नृत्यमा समेत पारंगत हुनुहुन्छ । उहाँ सँग गरिएको संक्षिप्त कुराकानी -

Indira-Joshi-_1

– अहिले केमा ब्यस्त हुनुहुन्छ ?
अहिले त म महोत्सवमा कार्यक्रम गर्दे ब्यस्त छु । गुलरिया, महेन्द्रनगर, कोहलपुरमा हुने महोत्सवमा साङ्गितिक कार्यक्रम दिदै आएको छु । भर्खरै दक्षिण कोरिया भएको कार्यक्रमा भाग लिएर आएकी हो अव यही फेब्रुवरी २८ तारिकमा अस्ट्रेलियामा कार्यक्रमको लागि प्रस्थान गर्छु ।

– तपाई गीत सङ्गीतमा कसरी प्रवेश गर्नुभयो ?
मलाई सानै देखिनै गीत सङ्गीत मनपर्छ र विद्यालय र अन्य ठाउँमा सङ्गीतको प्रतियोगिता हुदाँ सधै अगाडी नै हुन्थे । कक्षा ४ मा अध्ययन गर्दा एनटिभी बाट ‘को भन्दा को कम’ भन्ने गीत प्रतियोगितामा भाग लिए र प्रथम पनि भए त्यसपछि मैले पछाडी फर्केर हेर्नुपरेन । प्रवेशिका परिक्षा पछि काठमाडौ आए र नेपाली तारामा भाग लिए त्यसपछि मेरो सङ्गीतको यात्रा सुरु भएको हो ।

– नेपाली ताराबाट सङ्गीत क्षेत्रमा प्रवेश गर्नुभयो अहिलेको नेपाली ताराका प्रतिस्पर्धिहरु कस्तो लाग्छ ?
अहिले त धेरै राम्रो साउन्ड सिस्टम देखि स्टेज धेरै विकास भइसक्यो हाम्रो पालोमा त जहिले ट्रयाकमा गाउनुपर्ने । अहिले त लाइभ म्युजिक छ गीत पनि आफूले रोज्न पाउने सुविधा छ भने प्रतिस्पधिहरु ‘वेल प्रिपियर’ छन् । हामी हुदा त महिलाले पनि पुरुषको गीत गाउनुपर्ने कुनै अपसन नै थिएन अहिले आफुले नै गीत रोज्न पाउने सुविधा छ पहिलेको दाँजोमा त धेरै नै राम्रो र म्यानेज छ ।

– अहिले सम्म कतिवटा गीत गाउनुभयो ?
खै थाह नै छैन् ...हा हा हा... हिसाब नै गरेको छैन् । एक सय भन्दा बढी नै भयो ।

– आफूले गाएको गीत मध्ये कुन गीत सर्वाधिक मनपर्छ ?
कुटुम्व ब्याड सँग गाएको ‘जाउँ कि नजाउ...’ बोलको गीत मन पर्छ । यो अहिलेको युवाहरु बारेमा रहेको छ विदेश जानुपर्ने पिडालाई पनि यो गीतले प्रस्तुत गरिएको छ अलि मार्मिर र रियालिटी भएकोले मनपर्छ ।

– मोडलिङ पनि गर्नुहुन्छ चलचित्रमा आउने कुनै योजना छ ?
म भिडियोमा आउनु भएको मोडलिङ गर्नुहोइन । मलाई कसैले मोडल भनेर होइन गायिका भनेर चिनोस भन्ने चाहन्छु । म पत्रपत्रिका, टेलिभिजनमा आउनुभनेको मोडेल भएर होइन । गायिकाको रुपमा आउने हो । म गायिका हो र गायिका नै रहन्छु । चलचित्रमा अभिनय गर्ने मेरो अहिले सम्म विचार छैन ।

– तपाइको विचारमा फेसन भनेको के हो ?
यो समय अनुसार हुन्छ । आफूले जुन लुगा लगायो त्यही फेसन हो । समय अनुसार आफूलाई जुन सजिलो हुन्छ त्यही फेसन हो । मलाई मनपर्ने रंग सेतो हो । म प्रायः सेतो रंगका पहिरनमात्र लगाउँछु । कन्सर्टमा होस् अथवा रेकडिर्ङमा, म जहिले पनि सेतो रंगका पहिरनलाई प्राथमिकता दिन्छु । मेरो पहिरनको कलेक्सनमा पनि सेतो रंगको बाहुल्यता छ ।

– मन पर्ने गायक गायिका ?
मलाई यही गायक गायिका मनपर्छ भन्ने छैन् । सबै गायक गायिकामा आ–आफ्नो खुबी हुन्छ । मलाई कसैको स्वर मनपर्छ, कसैको गाउने तरिका त्यसैले मलाई सबै मनपर्छ ।

अहिलेको नयाँ गायक गायिकालाई के भन्नुहुन्छ ?
काम कुनैपनि सजिलो छैन् । मिहिनेत गर्दे जानुस् सफल अवश्य हुन्छ । अहिलेको जमाना भनेको प्रतिस्पर्धाको हो हामी पनि प्रतिस्पर्धा गरेर यहाँ आएको हो त्यसैले आफूमा प्यासन हुनुपर्छ उ आफै नै सफलताको बाटो तिर जान्छ ।

– बिहे गर्ने सुरसारमा हुनुहुन्छ की ?
अहिले त काम गर्दे छु । ब्यवस्थापनमा स्नाकोत्तर दोस्रो वर्षमा अध्ययरत छु पढाइ पनि बाकी नै छ । विहेको को कुनै योजना छैन् ।

– रिस कसरी नियन्त्रण गर्ने ?
मानिसहरु रिस नियन्त्रण गर्न अनेक उपाय अपनाउँछन् । म भने रिस नियन्त्रण गर्न ऐना अघि उभिएर नृत्य गर्छु । कसैसँग रिस उठ्यो भने म ठूलो साउन्डमा गीत बजाएर नृत्य गर्न थाल्छु । त्यसो गर्दा केही मिनेटमै मेरो रिस कन्ट्रोल हुन्छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना