जताततै देउडा

नेत्र शाही

जुम्ला पुस १५ गते  ।  पश्चिम नेपालको लोकप्रिय देउडा नाचलाई आजकाल विकासे कार्यमा समेत धेरै प्रयोग गर्न थालिएको छ ।  सामाजिक चेतना र जागरणका लागि जनस्तरमा लोकप्रिय देउडाको सहारा लिइने गरिएको छ ।  पश्चिम नेपालका पर्व, मेला, महोत्सवमा लोकप्रिय देउडालाई केटा र केटीबीच माया साट्ने माध्यमका रूपमा लिइन्थ्यो ।  deuda
परापूर्वकालदेखि जुम्लामा देउडा नचाइँदै आएको छ ।  आध्यात्मिक मान्यता, माया प्रेममा सीमित देउडा पछिल्लो समय राजनीतिक, सामाजिक जागरणका लागि पनि नाचिने, गाइने गरिँदै आएको छ ।  जुम्लाका स्थानीय देउडा गायक पूर्णप्रसाद धितालका अनुसार दोहोरा गाइने भएकाले यसलाई देउडा भनिएको बताउनुहुन्छ ।  जुम्ली भाषामा देउडालाई तेउडा भनिन्छ ।  धितालका अनुसार, कस्तुरी मृगलाई जुम्ली भाषामा तेउडा भनिन्छ ।  मृग हिँडेजस्तै हिँडेर नाचिने भएकाले यो नाचलाई तेउडा भनिएको हो ।  तेउडाकै अपभ्रंशको रूप देउडा भएको दाबी उहाँको छ ।
स्थानीय देउडा गायक टङ्कप्रसाद उपाध्यायले पश्चिमका गाउँगाउँका जुनसुकै कार्यक्रममा पनि अनिवार्यजस्तै बनेको देउडालाई पछिल्लो समय सामाजिक जागरण र विकासे कार्यमा जनता जागृत गराउन देउडा गाउने गरिएको बताउनुहुन्छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना