एसएलसीका परीक्षार्थीद्वारा विद्युत् भार कटौती नगरी दिन आग्रह

म्याग्दी, फागुन १४ गते । एसएलसीको तयारी गरिरहेका म्याग्दीको सदरमुकाम बेनीबजारका विद्यार्थीले परीक्षा नजिकिँदै गर्दा सम्बन्धित निकायलाई विद्युत् भार कटौती नगरी दिन आग्रह गरेका छन् ।

परीक्षाको समयमा बिजुली नहुँदा अध्ययनमा बाधा पुगेको भन्दै उनीहरूले सो आग्रह गरेका हुन् । एक दर्जनभन्दा बढी विद्यालय रहेको सदरमुकाम बेनी बजार र वरपरका क्षेत्रहरुमा बढी विद्युत् भार कटौती हुने गरेको विद्यार्थीहरुले बताएका छन् ।

लोकदीप आवासीय माविमा कक्षा १० मा अध्ययनरत सविन बानियाँले एसएलसीको तयारी गरिरहँदा विद्युत् भार कटौतीले निकै समस्या पारेको बताए । नजिकिँदै गरेको एसएलसीका लागि मेहनत गरेर पढ्ने बेलामा घन्टाँैसम्म लाइन जान्छ कसरी अध्ययन गर्ने सविनको प्रश्न छ । उनी मात्रै होइन एसएलसी दिने तयारी गरिरहेका प्रेम पुनको पनि पीडा उस्तै छ । उनले बिजुली नहुँदा पढाइमा निकै बाधा पुगेको दुःखेसो पोखे ।” रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना