देशमा संगठित भ्रष्टाचार बढेको छ


Lalbabu panditमुरारी अधिकारी, धादिङ, फागुन १३ गते । देशमा संगठित रुपमा भ्रष्टचार बढको सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बताउनु भएको छ ।
जिल्ला विकास समिति धादिङको आयोजनामा भएको स्थानीय तहको सेवा प्रवाह र प्रशासन सुधार सम्बन्धी अन्तक्रिर्या तथा छलफल कार्यक्रममा बोल्दै सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले देशमा संगठित रुपमा भ्रष्टचार बढेकोमा दुख व्यक्त गर्नुभएको हो । भ्रष्टाचार न्युनिकरणको लागि आफू लागि परेको बताउँदै मन्त्री पण्डितले भन्नु भयो, – सुनमा मिसावट गर्नेलाई समात्यो सुन व्यवासायी आन्दोलन थाल्छन्, तेलमा मिसावट गर्नेलाई समात्यो तेल व्यवासायी आन्दोलन थाल्दछन्, भ्रष्ट कर्मचारीलाई समात्यो कर्मचारी युनियन आन्दोलन थाल्छ, जता ततै भ्रष्ट जोगाउनेको भीड छ अनि कसरी भ्रष्टाचारमा कमी आउँछ ?
प्रशासनमा सुधार आवश्यक रहेको बताउँदै मन्त्री पण्डितले त्यसका लागि नयाँ प्रशासनिक संरचना आवश्यक परेको बताउनु भएको छ । सुविधा खोज्ने तर कर्तव्य निर्वाह नगर्ने कर्मचारीलाई कारवाही गर्नुपर्ने मन्त्री पण्डितको भनाइ रहेको छ । गलत क्रियाकलाप गर्नेलाई कसैले दयामाया राख्न नहुने बताउँदै मन्त्री पण्डितले भन्नु भयो, – राष्ट्रसेवकहरुले आफूले आएको सपथ भुल्नु हुन्न, भुल्नु भयो भने तपाई सकिनु हुन्छ । राष्टसेवक कर्मचारीहरुलाई उच्च मनोबलका साथ काम गर्न अनुरोध गर्दै मन्त्री पण्डितले भन्नुभयो, – आफ्नो काममा विश्वास गर्नुहोस्, इमान्दार बन्नुहोस्, राज्य सधैँ तपाईँहरुको साथमा छ । आफ्नो भाषणको आधा जसो समय मन्त्री यादवले कृषि मन्त्रालय र त्यस माताहतका कार्यलयको आलोचनामा खर्चिनु भएको थियो । उहाँले भन्नुभयो, – देशको सबैभन्दा ठूलो र महत्वपूर्ण कृषि मन्त्रालका सहसचिवको नै काम छैन अरुको त कुरै छाडौँ ।
काम नगरी तलब खाने कर्मचारीको संख्या बढको प्रश्नप्रति लक्षित गर्दै पण्डितले भन्नुभयो – निजामातीहरु अझै काठमाडौँ छाड्न चाहँदैनन्, शुक्रबार आधा समय पनि काम हुन्न अनि कसरी प्रशासनिक सुधार हुन्छ र जनताको विश्वास जित्न सकिन्छ ? निजामती सेवामा आकर्षणता थपिए पनि जनविश्वास गुमेकोमा कर्मचारीहरुलाई सचेत हुन मन्त्री पण्डितले निर्देश गर्नुभएको छ । ट्रेड युनियन अधिकार प्राप्तिका लागि एक मात्र आधिकारिक टे«ड युनियज आवश्यक रहेको बताउँदै मन्त्री यादवले ट्रेड युनियनहरुले आफ्नो दायित्व बिर्सिएर कर्मचारी सरुवा बढुवामा लाग्न नहुने बताउनु भयो । अवको दस वर्षभित्र विदेशमा रहेका नेपाललाई नेपालमा नै भित्र्याउनका लागि कार्यक्रम अगाडि बढाइरहेको समेत मन्त्री पण्डितले बताउनु भएको छ । देश रेमिट्यान्सको भरमा मात्र बाँच्न नहुने बताउँदै उहाँले नेपालको विकास गर्न नसक्ने बताउनु भयो ।
साथै कार्यक्रममा स्थानीय तहबाट चुस्त सेवा प्रवाह र प्रशासकीय न्याय सम्बन्धी दस बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरिएको छ । कार्यक्रममा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव डा. सोमलाल सुवेदी, प्रशासनिक सुधार समितिका संयाजक काशिराज दाहाल लगायतले सेवा प्रवाहमा इमान्दारितको खाँचो रहेकोमा जोड दिनुभएको थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना