अञ्जली माझी (मोडल)

anjali majhiबिहीबार अबेरसम्म क्रिसमससम्बन्धी गीतको म्युजिक भिडियोका लागि कोरिग्राफीमा व्यस्त हुनुहुन्थ्यो, अञ्जली माझी ।  सानैदेखि नृत्यमा विशेष रुचि राख्दै आउनुभएकी अञ्जली म्युजिक भिडियोमा तीन वर्षदेखि व्यस्त बन्दै आउनुभएको छ ।  झापाको बुधबारेकी अञ्जली नृत्य प्रशिक्षण पनि गर्दै आउनुभएको छ ।  झापाकै महानन्द शिक्षा सदनमा अध्ययन गर्दैदेखि क्षेत्रीयस्तर र जिल्लास्तरको नृत्य प्रतियोगितामा शीर्ष अवार्ड हात पारिसक्नुभएकी अञ्जलीले पूर्वाञ्चल आइडल, एपीएस झापा स्टार, लेक्मी डान्स नेपालको शीर्ष अवार्ड आफ्नो पोल्टामा पारिसक्नुभएको छ ।
शंकरदेव क्याम्पसमा बीबीएस द्वितीय वर्षमा अध्ययनरत उहाँले एक दर्जन म्युजिक भिडियोमा अभिनय गरिसक्नुभएको छ ।  झापाकै युनिक कला केन्द्रमा नृत्यसम्बन्धी प्रशिक्षण लिएर राजधानी छिर्नुभएकी अञ्जलीको प्रदीप चुडालको कान्छि तिम्रो डिम्पल गालाले..., रामकृष्ण ढकालको सुस्तरी सुस्तरी..., राजेशपायल राईको आइडन्ट लाइक कियर सानी...लगायत गीतमा आकर्षक अभिनय रहेको छ ।  उहाँको रुचि डाइरेक्सनतिर पनि छ ।  माझी जातिको कला, संस्कृति, भाषा संरक्षणको क्षेत्रमा समेत सक्रिय उहाँको रुचि चलचित्र अभिनयनमा पनि छ ।  विशेषगरी माझी जातिको चलचित्रमा ।  नाच्नका अलवा गाउन, फोटो खिच्न मनपराउने अञ्जली भन्नुहुन्छ– “भर्खर १९ त भएँ, केही वर्ष बिहे गर्ने सोंच छैन ।  साच्चै हो, म सिङ्गल छु । ”

मोडल : अञ्जली माझी    
फोटोग्राफर : रमेश क्षेत्री
स्टुडियो : CS 5 महाराजगञ्ज


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना