संविधानका लागि शान्ति पदयात्रा

 ललितपुर, १२ फागुन । ‘शान्ति र संविधान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज बिहान शान्ति पदयात्रा निकालिएको छ । स्थानीय शान्ति समिति ललितपुरको आयोजनामा निकालिएको सो पदयात्रा ठेचो गाविस हुँदै चापागाउँ जनभावना क्याम्पसमा पुगेर समापन भएको थियो । पदयात्रामा जनभावना क्याम्पस, नेसनल अङ्ग्रेजी मावि, कञ्चन अङ्ग्रेजी मावि, भ्याली अङ्ग्रेजी मावि, बज्रवाराही उमाविका विद्यार्थी, स्थानीय बुद्धिजीवी, पत्रकार महासङ्घ एवम् सञ्चारकर्मी, राजनीतिक दलका प्रतिनिधि, नेपाल प्रहरी, मानवअधिकारकर्मीलगायतको उपस्थिति रहेको शान्ति समितिका कार्यालय सचिव सिर्जना शर्माले बताउनुभयो । देशको सङ्क्रमणकालीन अवस्थालाई चाँडै अन्त गरेर लोकतान्त्रिक संविधान ल्याउन दबाब दिन शान्ति पदयात्रा निकालिएको शर्माले बताउनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना