बबिता सुब्बा(मोडल)

babita subbaबाल्यकालदेखि नै बबिताले नृत्य थाल्नुभएको हो ।  तेह्रथुम लिसिबुङबाट भारतीय सेनामा जागिर गर्न पुगेका परिवारमा लखनउमा जन्मिएकी बबिताले सडक नाटक, मोडलिङ, ¥याम्प मोडलिङ, फिल्ममा अभिनय गरिसक्नुभएको छ । ओतोरी..., लुक्ला त मेरो..., भेटैमा भयो...लगायत दुई दर्जन म्युजिक भिडियोमा अभिनय गरिसक्नुभएकी बबिताले सन् २००७ यता दुई दर्जन ¥याम्प शोमा आपूmलाई प्रस्तुत गरिसक्नुभएको छ ।  उहाँले केही कार्यक्रममा कोरियोग्राफी पनि गर्नुभएको छ ।  
उहाँले हारभित्रको जित (सडक नाटक), भैँसी गोठमा मोई (नाटक), अम्लारी  फुङ (लिम्बू चलचित्र), हेलुक्वा (लिम्बू चलचित्र), मिसेक (लिम्बू लघुचलचित्र), नेपाली चलचित्र पिरती यस्तै हुन्छ, बिर्सें नभनिदेउ, बाह्र नेपाली एकै चिहान, र थारु चलचित्र पायलमा अभिनय गरिसक्नुभएको छ ।  विभिन्न सौन्दर्य प्रतियोगितामा पुरस्कृतसमेत बन्नुभएकी बबिताले सन् २०१६ मा अम्लारी फुङबाट उत्कृष्ट नायिकाको अवार्डसमेत प्राप्त गर्नुभएको थियो ।  याक्थुङ मुन्चइत चोक सयङको केन्द्रीय कोषाध्यक्ष, पाँचथर समाज नेपाल सदस्यलगायत संस्थामा रही समाजसेवाको क्षेत्रमा पनि सक्रिय उहाँ भन्नुहुन्छ– “संस्कृति हाम्रो सान, स्वभिमान, सम्मान र सभ्यता हो ।  यही त हो हाम्रो गौरव र पहिचान ।  यसको संरक्षण गरौ । ”
मोडल : बबिता सुब्बा
फोटोग्राफर : रमेश क्षेत्री
मेकअप : पुजना राई
स्टुडियो :CS5  महाराजगञ्ज

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना