सिमराको आमहड्ताल फिर्ता, यातायात सुचारु

कलैया ( बारा ) फागुन १२ गते । बाराको सिमरामा बिगत आठ दिन देखी जारी अनिश्चितकालीन आमहड्ताल र यातायात बन्द मंगलवार बिहानबाट फिर्ता भएको छ । 

सरकाले माग पुरा गर्ने आश्वासन दिएपछ घोषित आन्दोलन फिर्ता लिईएको सिमरा मालपोत कार्यालय स्थापना सरोकार समितीका संयोजक भोला अधिकारीले बताउनुभयो । मालपोत, नापी तथा भुमिसुधार कार्यालयको सेवा केन्द्र सिमरामा स्थापना गर्ने सरकारी निर्णय कार्यान्वयनको माग गर्दै आन्दोलनमा उत्रिएका आन्दोलनकारीहरुको कारण बिगत ८ दिन देखी लगातार रुपमा सिमराको जनजीवन प्रभाबित भएको थियो ।
आन्दोलन फिर्ता लिएपछि आज बिहानैदेखी सिमराको जनजीवन सामान्य बन्दै गएको छ । बिहानैबाट बन्द बजार खुलेका छन् भने यातायात सुचारु भएको छ । आठ दिन देखीको बन्दले आजीत भएका स्थानिय बासिन्दाहरुले आजबाट राहतको महसुस गरेका छन् ।
यसअघि हिजो प्रहरी र स्थानिय बासिन्दाबिच भएको झडपमा प्रहरी निरीक्षक सहित दुई दर्जन घाईते भएका छन् । आन्दोलनकारीले प्रहारगरेको ढुंगाको कारण सशस्त्र प्रहरी बल रुद्रबाहिनीका सशस्त्र प्रहरी निरीक्षक रामप्रसाद खनालको देब्रे आखा फुटोको थियो भने प्रहरीले लखेट्ने क्रममा ढोका लगाएर लुक्न खोज्दा ढोकाले च्यापीएर सिमरा निवासी भोला थापाको कान्छि औला चुढीएको थियो । यता बारा प्रसासनले हिजोबाट सिमरा क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना