श्रमजीवि पत्रकार ऐनलाई कार्यान्वयनका लागि महासंघले पहल गर्ने


काठमाडौं, फागुन ११ गते । श्रमजीवी पत्रकारको हक अधिकार सुनिश्चित् गर्न श्रमजीवि पत्रकार ऐनलाई कार्यान्वयन गराउन नेपाल पत्रकार महासंघले निर्णायक पहल थाल्ने निर्णय गरेको छ ।
महासंघको सोमबार काठमाडौंमा आयोजित चौथो पूर्ण केन्द्रीय कमिटीको बैठकले त्यस्तो निर्णय गरेको हो । त्यसकालागि सञ्चारगृहका सञ्चालक तथा सरकारसँग महासंघले योजना बनाएर पहल थाल्ने निर्णय गरेको छ । श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका विषयमा महासंघले संसदीय समितिसँग आवश्यक वार्ता र छलफल गरी तत्काल अगाडि बढने बताएको छ ।
त्यस्तै, पत्रकारहरुको दक्षता अभिबृद्धिकालागि राष्ट्रिय आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापनाको अवधारणा कार्यान्वयन, पत्रकारको दुर्घटना विमा, द्वन्द्वपीडित पत्रकार कल्याण कोषको स्थापना, स्वास्थ्य बीमा, विकटक्षेत्र कर्णाली लगायतका ठाउँबाट रिपोर्टिङ्गर्ने पत्रकारलाई प्रदान गरिने पारिश्रमिक र सुविधा बृद्धि, सञ्चार नीति २०७१ लाई समावेशी तथा लैङ्गिकमैत्री बनाउनमा समेत महासंघले निर्णायक पहल गर्ने निर्णय गरेको छ ।
बैठकमा बोल्दै महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले सीमित स्रोत र साधनकाबीच नयाँ कार्य समितिले नौ महिनामा उल्लेख्य काम गरेको चर्चा गर्नुभयो । नयाँ नेतृत्वबाट चौतर्फी आशा गरिएको भएपनि चित्तबुझ्दो काम अझै गर्न नसकिएको उहाँले स्वीकार्नुभयो । धेरै कामको शुरुवात भइसकेको तर त्यसको परिणाम आउन केही समय लाग्ने उहाँले बताउनुभयो । पत्रकारको दक्षता अभिबृद्धि, श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन लगायतको मुद्दालाई महासंघले प्राथमिकतासाथ उठाएको चर्चा गर्नुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना