संविधानका लागि अधिकतम लचक

गोविन्द शर्मा

बाँके, फागुन ११ गते । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले एमाओवादीले गरेको जातीय आधारमा राज्य पुनसंरचना गर्ने प्रस्ताव अस्वीकृत भएपछि आन्दोलनमा उत्रिएको दावी गर्नुभएको छ ।
नेकपा एमाले लगायत सत्तारुढ दलहरु सहमतीका आधारमा संविधान जारी गर्नका लागि अधिकतम प्रयास गरिरहेका छन् , प्रेस चौतारीले सोमबार बाँकेको कोहलपुरमा आयोजना गरेको पत्रकार भेटघाटमा बरिष्ठ नेता नेपालले भन्नुभयो,– यतिबेला आन्दोलनमा जानुभन्दा सबै पक्षहरुबीच सहमती हुन आवश्यक छ । Madhav_Kumar Nepal
पुर्बप्रधानमन्त्री समेत रहनुभएका बरिष्ठ नेता नेपालले एकीकृत नेकपा माओवादीले संविधान निर्माण गर्न नचाहेका कारण सबै राजनीतिक दलहरुप्रति आम नागरिकको वितृष्णा बढ्दै गएको बताउनुभयो । सहमतीका लागि आफुहरुले अधिकतम पहल गर्ने भन्दै बरिष्ठ नेता नेताले सहमती हुन नसकेको अवस्थामा बहुमतको रायको आधारमा जानुको विकल्प नभएको स्पष्ट पार्नुभयो । बरिष्ठ नेता नेपालले संविधान निर्माण प्रक्रियामा भएको ढिलाई लम्बिलै जादाराज्य संचालनमा कठिनाई पनि बढ्दै जाने दावी गर्नुभयो ।
उहाँले आफुहरु आगामी नयाँ बर्षको अवसर पारेर नयाँ संविधान जारी गर्ने विषयमा दलहरुबीच छलफल भइरहेको जानकारी दिनुभयो । सहमतीमा आउनका लागि आफुले आन्दोलनरत एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल लगायतसँग छलफल गरिरहेको जानकारी दिनुभयो ।
यसैबीच बरिष्ठ नेता नेपालले दोस्रो जनआन्दोलनका समयमा पुर्बराजा ज्ञानेन्द्रसँग कुनैपनि सम्झौता नभएको बताउनुभएको छ । जनआन्दोलनको नेतृत्व गर्ने गिरिजा बाबु र म हौं पुर्ब राजासँग सम्झौता भएको बारे मलाई जानकारी छैन् , कोहलपुरमा आयोजित कार्यकर्ता भेलामा पुर्बप्रधानमन्त्री समेत रहनुभएका बरिष्ठ नेता नेपालले भन्नुभयो,– गिरिजाबाबुसँग कुनै सम्झौता गरेको भए सम्झौता गर्नेले उहाँलाई सोनज जानुको विकल्प छैन् । यसैबीच पुर्ब प्रधानमन्त्री नेपाल एमाले कोहलपुर नगरकमिटीले कोहलपुरमा आयोजना गरेको सरसफाई अभियानमा समेत सहभागी हुनुभयो । नेपालगन्जबाट सोमबार राजधानी जानेक्रममा एमाले बरिष्ठ नेता नेपाल र एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच बिमानस्थलमा कुराकानी भएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना