कृषक अनुदानमा कमिशनको खेल


रूपन्देही, फागुन १० गते । किसानलाई सरकारले दिने अनुदान किसानसम्म पु¥याउँदा कमिसनको प्रवृतिलाई हटाउनु पर्नेमा एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । राज्यले प्रदान गर्ने अनुदान वास्तविक किसानसम्म पुग्न नसकेको रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका हुन् ।
प्रथम राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवको अवसरमा देवदह नगरपालिकाद्धारा आयोजित बृहत कृषक भेलामा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन् ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी तोयम रायमाझीले कृषि क्षेत्रको विकास विना देशको आर्थिक उन्नती हुन नसक्ने हुँदा कृषिलाई व्यवसायीक बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले परम्परागत पशुपालनलाई व्यासायीक बनाउन सकिएमा बेरोजगारीको समस्या समाधान हुन सक्ने बताउनुभयो ।
पशु सेवा कार्यालय रुपन्देहीका प्रमुख डा. गान्धीराज उपाध्यायले घाँसमा आधारित पशुपालन गर्ने, गोठ सुधार गर्ने, परजीवि विरुद्ध औषधी खुवाउने र सही समयमा खोप लगाउने हो भने व्यवसायीक पशुपालन गरी आर्थिक उपार्जन गर्न सकिनेमा जोड दिनुभयो ।
डा.उपाध्यायले देवदह क्षेत्र पशुपालन र दुध उत्पादनको पकेट क्षेत्र भएको कारण जिल्ला पशुसेवा कार्यालयले सक्दो प्राविधिक सहयोग गरिरहेको बताउँनुभयो ।
देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा रुपन्देहीका स्थानीय विकास अधिकारी विश्वप्रकाश अर्याल, कृषि कार्यालय रुपन्देहीका प्रमुख कृष्णभक्त अधिकारी, नेपाली काँग्रेसका क्षेत्रीय सचिव वासुदेव रिमाल, नेकपा एमालेका जिल्ला सदस्य सिद्धिचरण भट्टराई, नेकपा माओवादीका जिल्ला सदस्य नमराज पुरी, एमाओवादीका जिल्ला सदस्य टिका गौतम, राष्ट्रिय जनमुक्ति पार्टीका संघीय परिषद् सदस्य दलबहादुर विरकट्टा, चोडाप्रसाद चापागाई लगायतले कृषिको आधुनिकीकरणमा जोड दिनुभयो । बक्ताहरुले वास्तविक किसानले अनुदान पाउन नसकेको भन्दै अनुदानमा कमिशनको खेल समेत हुने गरेकाले यसलाई निरुत्साहित गर्नुपर्ने औंल्याए ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना