जनकपुर–चरिकोट सिधा यातायात सेवा संचालन गर्न आग्रह


सन्तोषी कार्की,
दोलखा, मंसिर १३ गते । दोलखाका राजनीतिक दल तथा पर्यटन व्यवसायीहरुले जनकपुरदेखि दोलखा सदरमुकाम चरिकोट सम्म सिधा यातायात सेवा सँचालन गर्न यातायात व्यवसायीहरुलाई आग्रह गरेका छन् ।
रोल्वालिङ्ग यातायात सहकारी सँस्था लिमिटेडको १४ औं बार्षिक साधारण सभा तथा तेश्रो अधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनीहरुले यस्तो माग गरेका हुन् । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति तारावहादुर कोईराला, एमाले जिल्ला अध्यक्ष ईस्वरचन्द्र पोखरेल र एकिकृत नेकपा माओवादीका ईस्वर थापाले जनकपुरदेखि चरिकोट सम्म दैनिक यातायात सँचालन गर्न यातायात व्यवसायीलाई आग्रह गर्नुभयो । बिभिन्न यातायात व्यवसायीको सिण्डिकेटका कारण जनकपुर देखि सिन्धुली हुँदै दोलखा सम्मको धार्मिक पर्यटन प्रवद्र्धनका लागि सिधा यातायात सेवा सँचालन गर्न नसकिएको भन्दै दलका नेताहरुले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासँघका अध्यक्ष र पदाधिकारीहरुको ध्यानकर्षण पनि गराएका छन् ।
कार्यक्रममा बोल्दै राप्रपाका केन्द्रिय सदस्य नरवहादुर पाख्रिन, नेपाल पत्रकार महासँघका केन्द्रिय सदस्य चिरञ्जीवी मास्के, सामुदायिक रेडियो प्रसारक सँघ नेपालका केन्द्रिय सदस्य लक्ष्मण खड्का, दोलखा उद्योग वाणिज्य सँघका अध्यक्ष रामेस्वर मानन्धर र क्षेत्रिय होटल सँघ दोलखाका अध्यक्ष सुन्दर कार्कीले पर्यटन मैत्रि यातायात सेवा सँचालन गर्न आग्रह गरेका थिए । जवाफमा कार्यक्रमका प्रमुख अतिथि, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासँघका अध्यक्ष दिनेश भण्डारीले जनकपुर देखि दोलखा सम्म सिधा यातायात सँचालन गर्न सकिने भन्दै अन्चल सँयोजकहरुलाई निर्णय गरेर कार्यान्वयन गर्न निर्देशन दिनुभयो । रोल्वालिङ्ग यातायातका अध्यक्ष सूर्यवहादुर आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासँघको उपाध्यक्षमा निर्वाचित भएका दोलखाका याताया व्यवसायी हरिशरण केसी, सँस्थाका व्यवस्थापक बालकृष्ण फुयाँल, उत्कृष्ट चालक, सह चालक र नियमित वचतकर्तालाई सम्मान गरिएको थियो ।
यसैवीच, रोल्वालिङ यातायातको अध्यक्षमा पुन ः सूर्यवहादुर आचार्य निर्वाचित भएका छन् । बन्द शत्रले आचार्यको नेतृत्वमा सर्वसम्मत रुपमा १३ सदस्यीय कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा मिङ्गुर शेर्पा, सचिवमा शान्तिप्रसाद ओली, सह सचिवमा सरोज सिटौला र कोषाध्यषमा अनिल कार्की चयन भएका छन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना