‘भीमदत्त ’ मुलुकभर प्रदर्शन हुने

 

IMG_1419विराटनगर, ९ फागुन । गोल्डेन आइ फिल्मस्को चौथो प्रस्तुतिका रुपमा चलचित्र ‘भीमदत्त’ यही फागुन २२ गतेदेखि मुलुकभरका चलचित्र मन्दिरमा एकैसाथ प्रदर्शन हुन लागेको छ । 

सो चलचित्रका नायक नवल खड्काले आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा 
सन् १९५० को सन्धि, छुवाछूत, ‘जसको जोत उसको पोत’ लगायत उठाएका नारा र ऐतिहासिक घटना समेटेर सत्य घटनामा आधारित चलचित्र निर्माण गरिएको जानकारी गराउनुभयो । 


विसं २००७ को सशस्त्र क्रान्तिमा पश्चिमी कमान्ड सम्हाल्नुभएका पन्तले दिल्ली सम्झौताका विरुद्धमा विद्रोह गर्नुभएको थियो । त्यसपछि उहाँ छुट्टै लडाकुको सङ्गठन बनाएर विद्रोहमा उत्रिएपछि २०१० साल साउन १७ गते २७ वर्षका उमेरमा मारिनुभएको थियो । उक्त चलचित्र निर्माणका लागि दुई वर्षसम्म इतिहासविद्सँग छलफल गरिएको कलाकार श्रीराम पुडासैनीले जानकारी गराउनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना