विदेशीको इसारामा एमाओवादीहरु कुर्लिएका छन्

Shekhar Koirala_Nepali Congressसुर्खेत, फागुन ९ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले विदेशीहरुकै इसारामा एमाओवादीलगायत मधेसी दलहरु कुर्लिएको आरोप लगाउनुभएको छ । उहाँले संविधान बन्न नदिने खेल विदेशीहरुले नै गराएको बताउँदै अहिले हुँदै नहुने सहमतिको रटान लगाउन एमाओवादीलाई विदेशीले नै उक्साएको जिकिर गर्नुभयो ।

शनिवार सुर्खेतमा आयोजित कार्यकर्ता भेटघाटमा नेता कोइरालाले विदेशी समुदायप्रति आक्रोश पोख्दै विदेशीहरुले सहमतिमा संविधान ल्याउन भनेर एमाओवादी र मधेसीलाई उक्साएको आरोप लगाउनुभयो । सहमति भन्दाभन्दै धेरै बर्ष वितेपनि भएको छैन, अनि फेरि सहमति भनेर विदेशीहरुले माओवादीलाई उक्साइरहेका छन्, उहाँले भन्नुभयो, त्यसैले प्रक्रियामा जान नदिइ सहमति भनेर उक्साइरहेका छन् । पछिल्लो समय विदेशीहरुले नेपाललाई आ—आफ्नै स्वार्थका कारण बढी चासो दिइरहेको आरोप उहाँले लगाउनुभयो । नेपाललाई सधैं अस्थिर बनाएर आफ्नो नियन्त्रणमा राख्नका लागि विदेशीहरुले संविधान बनाउन नदिएको दावी उहाँको छ । प्रचण्डहरु अहिले सहमति, सहमति भनिरहनुको पछाडि विदेशीको हात रहेको भन्दै नेता कोइरालाले भन्नुभयो, प्रधानमन्त्रीले वार्ताका लागि बोलाइरहँदा पनि नआउनुको पछाडि विदेशीहरुकै इसारा छ ।
एमाओवादी पार्टी कहिल्यै पनि लोकतान्त्रिक पार्टी हुन नसकेको र मधेसीमोर्चा पनि एमाओवादीको पछाडि किन लागेको होला भनी उहाँले प्रश्न गर्नुभयो । उहाँले मुलुकको संकट टार्ने मुख्य अभिभारा कांग्रेसको भएकोले अव पनि कांग्रेसले जनतालाई संविधान दिन नसके पार्टी र देश दुवैको भविष्ट संकटमा पर्ने चिन्ता प्रकट गर्नुभयो । पछिल्लो समय धर्मका नाममा, जातजातिका नाममा बढी चलखेल हुन लागेकोले त्यसप्रति सचेत रहन नेता कार्यकर्ताहरुलाई उहाँले सुझाव दिनुभयो । कांग्रेस पार्टीभित्र पदका लागि नेताहरुको आ—आफ्नै दौडधुप भएपनि संविधान बनाउने सवालमा कांग्रेसका सवै नेताहरु एक ढिक्का भएको दावी नेता कोइरालाले गर्नुभएको छ । कार्यक्रममा सभासद एवं राज्यव्यवस्था समितिका पूर्व सभापति हृदयराम थानीले

कांग्रेसलाई जनतालाई संविधान दिनैपर्ने बाध्यता भएको बताउनुभयो । प्रक्रियाकै बाटोबाट गएर भएपनि जनताको हातमा संविधान दिइने उहाँको भनाइ छ । कार्यक्रममा सभासद एवं पूर्वराज्य मन्त्री खड्गबहादुर बस्याल, तप्तबहादुर विष्ट, जाजरकोटका सभासद राजीवविक्रम शाहले पनि आ—आफ्नो राख्नुभएको थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना